

धादिङ,०३ ज्येष्ठ।
धादिङको खनियाबास गाउँपालिकाले स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको छ ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आजबाट गाउँपालिकाबाटै दिन सकिने गाउँपालिकाको रोजगार संयोजक भीष्मा पाख्रीनले जानकारी दिनुभयो ।
बैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारको व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको अनलाईन आवेदन फारम पालिकाको रोजगार सेवा केन्द्रमा गएर भर्न पाइने व्यवस्था गरिएको पाख्रीनले बताउनुभयो ।
उक्त सेवा वैशाख १ गतेदेखि सुरु गरेता पनि गाउँपालिकाले रोजगार संयोजक र सहायकलाइ तालिम दिएपश्चात आजदेखि कार्यान्वयनमा ल्याएको पाख्रीनले बताउनुभयो । यो सँगै अब खनियाबासका नागरिकहरुलाई काठमाडौं धाउनु पर्ने बाध्यता हटेको छ।
अनलाइन आवेदनका लागि नेपाली नागरिकताको सक्कल, भिसाको कागजात, करार सम्झौता पत्र, सम्बन्धित व्यक्तिको बैंक खाता विवरण, स्वास्थ्य परिक्षण र अभिमुखिकरण,तालिमको प्रमाणपत्र, म्यादी जीवन बिमाको कागजात, कल्याणकारी कोषमा रकम तिरेको बैंक भौचर, पासपोर्ट साइजको २ प्रती फोटो आवश्यक पर्ने पाख्रीनको भनाई छ ।
बैदेशिक रोजगार ऐन, २०६४ तथा बैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्था अनुसार बैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
सरकारले २०७९ चैत १६ गते स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने निर्णय गरेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |