

धादिङ,१४ ज्येष्ठ ।
गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा धादिङले मुनाफारहित काम गर्ने संघसंस्थाका कर,भ्याटको समस्या समाधान गर्न माग गरेको छ ।
आईतबार सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीमार्फत अर्थमन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पछिल्लो चरणमा नेपाल सरकारका आन्तरिक राजस्व कार्यालयहरुबाट सामाजिक संस्थाहरुले प्राप्त गरेको वैदेशिक सहयोग अनुदानमा भ्याट लगाउने र संस्थाहरुको आर्थिक वर्षको अन्तिम मौजदातलाई नाफा भनी आयकर समेत लिने गरि पत्राचार गर्दै नागरिक संघ संगठन माथि घुमाउरो पाराले प्रतिबन्ध लगाउन खोजेको र नेपाली नागरिक संघ संस्थालाई बन्द गर्न खोजेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले समुदायको उत्थानका लागि कार्य गर्ने सामाजिक संघ संस्थाहरुले प्राप्त गरेको अनुदान रकममा लगाएको कर÷भ्याटको समस्या हल गर्न मुनाफारहित आयकर, मु.अ.कर, अन्य कर, जरिवाना, थप दस्तुर, शुल्क तथा ब्याज बुझाउन नपर्ने वा मिनाहा हुने साथै भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था खारेज गरि समस्याको समाधान गरिदिन आग्रह गरेको छ ।
मुनाफा नकमाउने तथा नवाँड्ने गरि नागरिक समाजको भूमिका निर्वाह गर्दै साझेदारी, पहरेदारी र खबरदारी गर्दै समाज रुपान्तरणको क्षेत्रमा सचेतना, सशक्तिकरण, सामाजिक न्याय, समानता, गरिबी न्यूनीकरण, विपद्का समयमा उद्धार, राहत, पूनर्निमाणका सवाल र वातावरणीय क्षेत्रमा सामाजिक संघसंस्थाहरुको महत्वपूर्ण योगदान रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |