

धादिङ,२० जेठ ।
धादिङको धुनिवेशी नगरपालिका वडा नं ८ बाहुनडाँडामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ३ जना घाईते भएका छन् ।
दिल्लीबाट काठमाण्डौ तर्फ जाँदै गरेको UP 16 GT 5474 नम्बरको ईन्डियन कार शुक्रबार राती करिव १०ः४० को समयमा राजमार्गबाट करिव १०० मिटर तल खस्दा बाँके कोहलपुर नगरपालिकाका ३६ बर्षिय रविलाल विकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका विकको अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि कार चालक प्युठानको प्युठान नगरपालिका १ बस्ने बर्ष ५० को प्रेम बहादुर के.सी.,जाजरकोटको शिबालय गाउपालिका ७ बस्ने बर्ष ३९ को केशब बहादुर सिंह र रुकमको रुकुम नगरपालिका २ चौरघारी बस्ने बर्ष ३० को प्रेम बहादुर राना घाईते भएका छन् ।
घाइते ३ जनाको काठमाडौ स्थित नर्भिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।राजमार्गमा उडेको धुलोले बाटो नदेख्दा दुर्घटना भएको चालक प्रेम बहादुर केसिले बताएका छन् ।तस्विरःबासु श्रेष्ठ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |