

धादिङ,२५ जेठ ।
धादिङको गल्छी गाउँपालिका ८ कटलपौवाका विनोद थापा मगरको हत्यामा संलग्न तिन आरोपीहरूलाई कारागार चलान गरिएको छ।
जिल्ला अदालतको जेठ २४ गतेको थुनछेक आदेशले घटनामा संलग्न गल्छी गाउँपालिका ८ की ४७ वर्षिया सरस्वती पनेरु(पण्डित), उनको छोरा २६ वर्षिय निरज पण्डित र पाल्पाको तानसेन नगरपालिका १४ घर भई हाल गल्छी ८ बस्ने ३० वर्षिय किरन रानालाई पुर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।
गत वैशाख २७ गते निवुवाबोटेमा सरस्वती पण्डितले सञ्चालन गरेको सानदार होटल एण्ड लजमा खाजा खाएको पैसाको विषयमा विवाद हुँदा २७ वर्षीय मगरमाथि छुरी प्रहार गरी हत्या भएको थियो ।
आरोपी तिनै जनालाई कर्तव्य ज्यान मुद्दा र होटलका सञ्चालक समेत रहेकी पनेरुमाथि केटीहरुलाई डर,त्रास र प्रलोभनमा पारी वेश्यावृद्धिमा लगाई मानव वेचविखन गरेकोे कसुर समेत लागेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |