

धादिङ,०५ असार ।
काठमाडौं स्थित चन्द्रागिरी नगरपालिका–२ देउराली भञ्जाङबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।
८ सय ग्राम अवैध लागुऔषध गाँजा जस्तो देखिने वस्तुसहित धादिङ थाक्रे गाउँपालिका–७ बस्ने २४ वर्षीय बिरे तामाङ र मकवानपुर थाहा नगरपालिका–६ बस्ने २३ वर्षीय निमा स्याङतानलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धुनीबेशीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.९१ प ४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |