

धादिङ,२० श्रावण।
धादिङमा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण फैलिन थालेको छ।
एक्कासी आँखा रातो हुने, पोल्ने, घाममा हेर्न नसक्ने समस्या लिएर आउने बिरामीको सङ्ख्या एक सातादेखि झन्डै दोब्बरले बढेको जिल्ला सामुदायिक आँखा केन्द्रका नेत्र अधिकृत डा.रामसिंह तामाङले बताउनुभयो।
जिल्ला सामुदायिक आँखा केन्द्रमा दैनिक ७० जनाभन्दा बढी बिरामी आँखा जचाँउन आउने गरेकोमा ४० देखि ४५ जनामा आँखा पाक्ने समस्या भेटिएको डा.तामाङले बताउनुभयो ।
समुदायस्तरमा यसको सङ्क्रमण फैलिसकेकाले दैनिक आँखा पाक्ने समस्या लिएर आउने बिरामीको सङ्ख्या बढिरहेको उहाँले बताउनुभयो। तामाङका अनुसार बालबालिका र युवामा यो समस्या बढी देखिएको छ ।आँखा पाक्ने रोग उपचारका लागि विभिन्न सरकारी, निजी अस्पताल तथा क्लिनिकमा बिरामीको चाप बढेको तामाङले बताउनुभयो ।
आँखा पाक्ने रोग (पिङ्क आइ डिजिज) विशेषत वर्षा मौसममा बढी देखिने जनाउँदै उहाँले सामान्यतया भाइरसले नै यो रोग फैल्याउने गरेको बताउनुभयो ।यो रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न चिकित्सकले सुझाव दिएका छन् । हातले आँखा नछुने, सङ्क्रमित बिरामीबाट टाढै रहने गर्न सुझाव दिएका छन् ।
यो रोग एक जनाबाट अर्कोमा फैलिन २४ घण्टादेखि एक हप्ता जति समय लाग्ने र तीन हप्तादेखि कसैकसैलाई एक महिनासम्म पनि दुःख दिने चिकित्सकले बताएका छन्।
घरमा कसैलाई आँखा पाक्ने रोग भएको छ भने उहाँबाट टाढै बस्नुपर्ने,बिरामीले चलाएका सामग्री रुमाल, तौलिया, सिरानीलगायतका सामग्री स्वस्थ मानिसले नचलाउन आग्रह गरेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |