

तत्काल उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँगको कुराकानीपछि प्रधानमन्त्री प्रचण्डले डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधानका लागि भइरहेको अध्ययन नसकिँदासम्म उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न प्राधिकरणलाई निर्देशन दिएका हुन्।
महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वको टोलीसँगको कुराकानीपछि प्रधानमन्त्री प्रचण्डले प्राधिकरणका प्रबन्ध–निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी तत्काल उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न निर्देशन दिएका हुन् ।
प्राधिकरणले गत १७ भदौमा सूचना जारी गरेर डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महसुल १५ दिनभित्र चुक्ता गर्न र बक्यौता चुक्ता नभए लाइन काटिने उद्योगहरूलाई जानकारी गराएको थियो । यसपछि महासंघको टोली सोमबार प्रधानमन्त्री प्रचण्डलाई गुहार्न बालुवाटार पुगेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |