

नेपालमा एक सय दरभन्दा ठूला दरका भारु नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको छ । नेपाल राष्ट्र बैंकले एक सूचनामार्फत् एक सय भारतीय रुपैयाँ (भारु) भन्दा ठूलो दरका नोट साथमा राख्न नपाइने जनाएको छ ।
प्रतिबन्धित दरका नोट साथमा नराख्न र स्वदेशभित्र नेपाली मुद्राको कारोबार गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ । भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर पाँच हजार बराबरको भारु (एक सय वा त्यो भन्दा कम दरका नोट मात्र) ल्याउन/लैजान सकिने र त्यो भन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।
भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।
भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको सटही सुविधा मनीचेन्जरबाट पनि लिन सक्ने छन् । कारोबारका अन्य माध्यम जस्तैः ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानीलगायतमा यो सीमा लागू नहुने पनि राष्ट्र पनि बैंकले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |