

धादिङ– गजुरी गाउँपालिका–२ स्थित मलेखुको मजुवा बजारका ४५ वटा होटल तथा माछा व्यवसायीले माछामा रङ्ग प्रयोग नगर्ने प्रतिवद्धता जनाएका छन्।
आईतबार जिल्लाको अनुगमनकारी निकायहरुलाई साक्षी राखेर व्यवसायीहरुले अबदेखी आइन्दा माछा तथा अन्य खानाहरुमा रङ्गको प्रयोग नगर्ने सामुहिक प्रतिवद्धता जनाएका हुन् ।
वर्षाैदेखि प्रख्यात रहेको मलेखुको माछामा राम्रो देखाउनकै लागि हानिकारक रङ्ग मिसावट गरेको खबरले देश विदेशमा समेत मलेखुकै नाम बदनाम भएको भन्दै व्यवसायीहरुले माछा लगाएतका खानेकुरामा रङ्गको प्रयोग हटाउने अभियान थालेका हुन् ।
मजुवा बजारका व्यवसायी जीवन अधिकारीले अज्ञानताका कारण माछा राम्रो देखाउन रङ्गको प्रयोग गरेको र त्यसले मानव स्वास्थ्यमा पर्ने असर थाहा भएपछि आफूहरुले सचेत भएर रङ्गको प्रयोग हटाउने अभियान थालिएको बताउनभयो ।उहाँले कालो देखिएको रङ्ग प्रयोग नगरिएको माछा फ्रेस हुने भन्दै रङ्ग दलेर आकर्षक बनाइएको माछा अबदेखी नखान नागरिकहरुलाई आग्रह गर्नुभयो।
यस्तै व्यवसायीहरुले रङ्ग हटाउने सामूहिक निर्णयसँगै मूल्यमा पनि एकरुपता कायम गर्ने र अटेर गरी राज्यले तोकेको मापदण्ड विपरित रङ्ग प्रयोग तथा अन्य काम गर्नेहरुलाई व्यवसायी आफैले कारबाही प्रक्रिया अगाडि बढाउने समेत निर्णय गरेका छन् ।
माछा व्यवसायीले सामूहिक प्रतिवद्धता गरेर सधैंका लागि रङ्गको प्रयोग हटाउने निर्णय गरेसँगै नियामक निकाय पनि सकारात्मक बनेको छ । जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले व्यवसायीहरुले बुझाएको प्रतिवद्धतापत्र बुझ्दै आगामी दिनमा व्यवसायीहरुले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको पाइए कानूनअनुसार कडा कारबाही गरिने बताउनुभयो ।
यसैगरी धादिङ होटल व्यवसायी संघका अध्यक्ष रामशरण सिलवालले मलेखुको माछा रङ्ग दलेर आकर्षक बनाउने चलन नआउँदै पनि वर्षाैदेखि देशभर प्रख्यात रहेको भन्दै अबदेखी देखाउनकै लागि हानिकारक रङ्ग मिसावट नगर्ने बताउनुभयो ।
माछाका थरीथरी परिकार पकाएर चाख्दा चाख्दै उपभोक्ताभन्दा व्यवसायी नै जोखिममा परिरहेको थाहा पाएपछि रङ्ग नमिसाउने मजुवा बजारका व्यवसायीले सामुहिक प्रतिवद्धता गरे पनि पेट्रोलपम्प र फुर्केखोला क्षेत्रका व्यवसायीले भने सामूहिक प्रतिवद्धता गर्न सकेका छैनन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |