धादिङ–धादिङको सिद्धलेक गाउँपालिका–२ नलाङको खिर्रेमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि उग्रचण्डी युवा क्लबले हात पारेको छ।
शनिबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा सिद्धलेक–३ टिम सलाङलाई ३–० को सोझो सेटमा पराजित गर्दै नलाङको उग्रचण्डीले उपाधि जितेको हो ।
सिद्धलेक गाउँपालिकाको वडा नं २ खिर्रेस्थित नलाङ पात्ले मा.विको खेल मैदानमा भएको रोमाञ्चक फाइनलमा उग्रचण्डीले सिद्धलेक–३ टिमलाई २५–२१, २५–१७ र २८–२६ ले हराएको हो ।
दुवै टिममा राष्ट्रिय खेलाडीको वर्चस्व रहेकाले फाइनल खेल निकै कडा प्रतिष्पर्धा र रोमाञ्चक भएको थियो । उग्रचण्डीमा गण्डकी प्रदेशको भलिबल टिमका खेलाडी थिए भने सिद्धलेक–३ टिममा नेपाल आर्मी र नेपाल पुलिसका खेलाडीको वर्चस्व रहेको थियो ।
च्याम्पियन उग्रचण्डीले उपाधिसँगै नगद एक लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो भने दोस्रो भएको सिद्धलेक–३ ले नगद ५० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र पायो ।
त्यस्तै तेस्रो भएको सलाङको मनकामना क्लबले नगद ३० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र पाएको छ । मनकामनाले मैदीको खड्कदेवी युवा क्लबलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो।
यस्तै उक्त प्रतियोगितामा उग्रचण्डीका रवि केसी बेस्ट प्लेयर, उग्रचण्डीकै सुजन चोख्याल बेस्ट सेटर र सिद्धलेक–३ टिमका शरण सामरी बेस्ट स्पाईकर घोषित भए ।
तमु युवा समाज सिद्धलेक–२ खिर्रेको आयोजना, लायन्स क्लब अफ काठमाडौँ सिद्धेश्वर ३२५को सह आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा कात्तिक ८ देखी सुरु भएको प्रतियोगितामा ८ टिम सहभागी थिए।
प्रतियोगिताको सहयोगी संस्थाहरुमा जिल्ला खेलकुद विकास समिति धादिङ, जिल्ला भलिबल संघ धादिङ र सिंद्धलेक भलिबल संघ रहेको थियो ।
बेस्ट प्लेयर रवि केसी
बेस्ट सेटर सुजन चोख्याल
बेस्ट स्पाईकर शरण सामरी
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |