

धादिङ- उत्तरी धादिङको ४ वटा पालिका जोड्ने मुख्य मार्ग किन्ताङफेदीस्थित किन्ताङ खोलामा बेलीब्रिज निर्माण थालिएको छ ।
खनियाबास गाउँपालिकामा पर्ने किन्ताङफेदीमा ३९.६ मिटर लम्बाइ र ७.२ मिटर चौडाइको सिङ्गल बेलीब्रिज निर्माण सुरु गरिएको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको बेलिब्रिज नेपाली सेनाको प्रविधिक सहयोगमा निर्माण भइरहेको छ।अहिले पुलको दायाँबायाँको जिप/पिल्लरका लागि खाल्डो खन्ने काम भइरहेको र दुई महिनाभित्र सम्पन्न हुने अध्यक्ष तामाङले बताउनुभयो ।
पुलको दुवै भागमा फुटपाथ रहने र एकतर्फी मात्रै सवारी चल्ने गरी निर्माण थालिएको उहाँको भनाई छ ।उत्तरी धादिङलाई जिल्ला सदरमुकाम जोड्ने यो मुख्य मार्गमा सडक खन्न सुरु गरेको करिब चार दशकपछि पुल बन्न लागेको हो ।
यो पुलले रुवीभ्याली, गंगाजमुना, खनीयाबास र नेत्रावती डबजोङ गाउँपालिकाको विकट बस्तीलाई सदरमुकाम धादिङबेसीसँग जोड्नेछ ।पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत बन्द हुने गरेको थियो।
बेलिब्रिज बन्ने भएपछी स्थानीय खुसी भएका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |