राष्ट्रिय फोटो पत्रकार समुह धादिङ शाखाको अध्यक्षमा पुनः मनिष दुवाडी चयन हुनुभएको छ।
बुधबार जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारमा भएको राष्ट्रिय फोटो पत्रकार समुह धादिङ जिल्ला शाखाको तेस्रो अधिबेशनले दुवाडीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा अनिल नेपाली, सचीवमा शिवराज आचार्य, सह-सचीवमा सीता सापकोटा (शितल) र कोषाध्यक्षमा गजेन्द्र तामाङ चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरुमा मनिष श्रेष्ठ, बिनोद तमु, दिलिप श्रेष्ठ र प्रभु खड्का चयन हुनुभएको छ।राष्ट्रिय फोटो पत्रकार समुह धादिङ शाखाको अध्यक्षमा पुनः मनिष दुवाडी चयन हुनुभएको छ।
यसैगरी राष्ट्रिय फाेटाे पत्रकार समुह बागमती प्रदेश अध्यक्षमा पुनःनारायण सिलवाल दोहोरिनु भएको छ।
सल्यानटारमा बुधबार नै भएको राष्ट्रिय फोटो पत्रकार समुह बागमती प्रदेशकाे दाेश्राे अधिवेशनले सिलवालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
जसको उपाध्यक्षमा राजेन्द्र गजुरेल (नुवाकाेट), सचिव कुमार श्रेष्ठ (रामेछाप), सह-सचिव केरिना शाक्य (नुवाकोट), काेषाध्यक्ष धर्मेन्द्र दाहाल (मकवानपुर), सदस्यहरु, राज लाेहनी (रामेछाप), सन्ताेष श्रेष्ठ (धादिङ) ,हाेमनाथ सापकाेटा (चितवन) ,अनु परियार (सिन्धुली) र उद्वव श्रेष्ठ (सिन्धुली) रहनुभएको छ।
यसअघि पनि धादिङको अध्यक्षमा दुवाडी र प्रदेश अध्यक्षमा सिलवाल नै रहनुभएको थियो।
अधिबेशनकै अवसरमा प्रदेश अध्यक्ष एवं पुर्व जिल्ला अध्यक्ष सिलवाललाई राष्ट्रिय फाेटाे पत्रकार समुह धादिङले सम्मान समेत गरेको छ।
त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख राजु उप्रेतीको प्रमुख आतिथ्यता तथा उपप्रमुख देवराज धरेलको विशेष आतिथ्य रहेको अधिवेशनमा फोटो पत्रकार समुहको सिंगाे केन्द्रीय समिति र विभिन्न जिल्लाका फाेटाे पत्रकारहरु सहभागी थिए।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |