धादिङ । दुईतिर कहाली लाग्दो भिर, भिरको बीचमा मन्दिर प्रवेश गर्ने सिँढी । माछीकाँडे भौगोलिक बनोवटको टुप्पोमा बन्दै गरेको नयाँ मन्दिर । यो दृश्य धादिङको भैरवी भन्दिर हो ।
पहाडको चुचुरोमा रहेको यो ऐतिहासिक भैरवी मन्दिर अहिले आकर्षणको केन्द्र बनेको छ । धादिङको नीलकण्ठ नगरपालिका– ६ सुनौलाबजारमा रहेको धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको भैरवी मन्दिर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ ।
गणेश हिमाल, मनास्लु, माछापुच्छ्रे, मानापाथीलगायत आधा दर्जनभन्दा बढी हिमालहरूको दृश्यावलोकन गर्न सकिने यो मन्दिरमा दर्शनार्थीको निकै ठूलो घुइँचो लाग्ने गर्छ ।
पुजारी भगवान राना मगरका अनुसार भगवान् भैरवको श्रीमती भैरवीलाई सुत्केरी भएको अवस्थामा मासु खान मन लाग्यो । बाघको रूप धारण गरेर भैरव मासु लिन जंगल गए ।
सुँगुरको सिकार गरेर फर्किए । सुँगुर भन्ने थाहा पाएपछि भैरवी डराएर त्यहीँ घोप्टो परेर बसिन् । भैरवलाई भित्र पस्न दिएनन् । प्रसव पीडाको अवस्थामा भैरवीलाई छाडेर भैरव पनि टाढा जान नसकेपछि नजिकै तल्लोपट्टि बसे ।
त्यसैले भैरवी र भैरव दुईवटा मन्दिर बनेको पौराणिक भनाइ र किंवदन्ती रहेको छ ।
‘राम शाहले विसं १६६६ मा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । उनले स्थापना गरेको कुरा लालमोहरमा लेखिएको छ । तर, स्पष्ट बुझिने गरी छैन’, भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले भन्नुभयो ।
भैरवी मन्दिरको इतिहास नेपालको एकीकरणसँग पनि जोडिएको श्रेष्ठले बताए । पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा वास बसी भाकल गरेका थिए । श्रेष्ठले भन्नुभयो, ‘भाकलपछि नुवाकोट जिते ।
पुजारी र बाजा बजाउनेलाई शाहले गुठीको नाममा ९० रोपनी ११ आना २ पैसा जग्गा व्यवस्थापन गरिदिएका हुन् । पूजा सञ्चालनका लागि पनि रकम दिने गरेका थिए । अहिले पनि जिल्ला प्रशासन कार्यालयबाट पूजा सञ्चालनका लागि हरेक वर्ष ६ हजार सात सय ३२ रुपैयाँ ५० पैसा आउने गर्छ ।’
‘मन्दिरमा पूजासहित बडादसैँ र चैतेदसैँमा विशेष मेला लाग्छ । मन्दिरमा विशेष पूजा, भाकल तथा बली चढाउने परम्परा रहिआएको छ ।वडादसैँको नवमीका दिन सु्ँगुरको बली दिँदै आएको छ,’ श्रेष्ठले भन्नुभयो, ‘मन्दिर आइपुग्न सदरमुकामबाट ८ किमि पिच र १० किमि कच्ची गरी १८ किलोमिटरको यात्रापछि भैरवी मन्दिर पुगिन्छ ।सवारीसाधनबाट मात्र भई हाइकिङ गर्नेहरू पनि भैरवी मन्दिर आइपुग्ने गरेका छन् ।’
२०७२ को भूकम्पले मन्दिर भत्किएपछि अहिले पुनर्निर्माण भइरहेको छ । २०७६ साल फागुन २३ गते मन्दिरको शिलान्यास गरिएको हो ।
१३ करोडको डिपिआर गरेर निर्माण कार्य सुरु गरिएको मन्दिरको चार करोडबराबर खर्चले पुनर्निमार्ण भइरहेको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष धु्रव श्रेष्ठले बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाले पर्यटन प्रवद्र्धनमा विशेष प्राथमिकता दिएको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले बताउनुभयो ।
‘भैरवी मन्दिरको पुनर्निमाणमा नगरपालिकाले सहयोग गरिरहेको छ । ‘भैरवी मन्दिर जाने सडक निर्माण, मन्दिर वरिपरी पार्क बनाउने तयारी भैरहेको छ । होमस्टे सञ्चालन तथा विकासका लागि पनि प्रदेश सरकारसँग समन्वय भैरहेको छ’, उहाँले भन्नुभयो ‘भैरवी मन्दिर नीलकण्ठ नगरपालिकाको चिनारी पनि बनेको छ ।
बजेट विनियोजन, पुर्ननिर्माण, पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारमा पनि लागिरहेका छौं ।’ भैरवी मन्दिरले वडाको मात्र चिनारी नभइ जिल्ला तहमै यसले ठूलो महत्व बोकेको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।‘प्रचारप्रसारमा लागिरेहका छौं ।
ठूलो रकमको डिपिआर भएकोले पुनिर्माणको काममा ढिलाई भएको हो । तर भैरवी मन्दिरको पुर्ननिर्माण सम्पन्न भएपछि पर्यटन प्रवद्र्धन र जिल्लाकै चिनारी हुने अपेक्षा गरिएका छौं’ उहाँले भन्नुभयो ।अहिले पुनःनिर्माणको काम ८० प्रतिशत सकिएको पनि वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
मन्दिर आइपुग्नेहरू धार्मिक महत्वका साथै प्राकृतिक सुन्दरताले पनि लोभिने गरेको नीलकण्ठ नगरपालिका–७ का कार्यवाहक वडाअध्यक्ष युवराज पोखरेलले बताउनुभयो ।ऐतिहासिक महत्व बोकेको भैरवी मन्दिरको प्रचारप्रसार हुन सके जिल्लामा मात्र नभई राष्ट्रिय स्तरमै पहिचान हुने उहाँको भनाई छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |