

धादिङ । धादिङको थाक्रे गाउँपालिका–८ मा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य ५ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा थाक्रे–८ काउलेका ८० वर्षिय शेर बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
शनिबार दिउँसो नौबिसेबाट काउले जाँदै गरेको बा १६ च ८११३ नम्बरको सिङ्गल क्याबिनका बोलेरो सडकबाट करिब १५० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
घाईते हुनेहरुमा सोहि ठाउँका चालक विष्णु स्याङ्ताङ, शरण तामाङ, विष्णु तामाङ, शर्मिला तामाङ र राम विश्वकर्मा रहेका छन् ।घाईतेहरुको काठमाण्डौँ स्थित ट्रम सेन्टरमा उपचार भैरहेको छ ।
मृतक तामाङको शव धार्के स्थित साईबाबा सामुदायिक अस्पताल बाट पोस्ट मार्टमको लागि गजुरी अस्पताल लगिएको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |