

धादिङ । ज्वालामूखी गाउँपालिका–३ का मुक्तिनाथ अधिकारीको जिवनीमा आधारित वृत्तचित्र र स्मृतिग्रन्थ सार्वजनिक गरिएको छ ।
मुक्तिनाथ स्मृति सेवा समाजको आयोजनामा बिहिबार मैखी उखुबारीमा मुक्तिनाथ अधिकारीको बार्षिक पुण्यतिथि र नन्दकुमारी र एककुमारीको सम्झनामा भएको एक समारोहमा मुक्तिनाथ स्मृतिग्रन्थ लोकार्पण तथा वृत्तचित्र सार्वजनिक गरिएको हो ।

अधिकारीकोे जिवनीमा आधारित ५० मिनेट लामो वृत्तचित्रको लोकार्पण गरिएको छ। मुक्तिनाथका बहिनी ८७ वर्षीया बालकुमारी अर्यालले वृत्तचित्रको सार्वजनिकीकरण गर्नुभएको थियो ।
सीताराम अधिकारीले लेखन, निर्देशन गर्नुभएको वृत्तचित्रकोमा सामाजिक अगुवाहरुको भनाइहरु समेत समाबेश छ ।
सोही अबसरमा मुक्तिनाथ स्मृतिग्रन्थको बिमोचन समेत गरिएको छ । मुक्तिनाथ स्मृति सेवा समाजद्वारा ३ सय ५२ पृष्ठको स्मृतिग्रन्थमा ८५ विषयहरु समावेश गरिएको समालोचक डा रामहरी लम्सालले बताउनुभयो ।प्राज्ञ नरनाथ लुइटेल, डा. रामहरी शर्मा लम्साल, लेखनाथ अर्यालको अतिथि सम्पादक रहेको स्मृतिग्रन्थको विमोचन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधामका पीठाधीश श्रीवास कृष्णदास ब्रह्मचारी, संबिधानसभा सदस्य शेषनाथ अधिकारी, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, बागमति प्रदेश सभा सदस्य शिवराज अधिकारी, नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना, ज्वालामूखी गाउँपालिका अध्यक्ष यमनाथ दनै लगायतले मुक्तिनाथ अधिकारकिो विविध आयाम र योगदानमाथी चर्चा गर्दै पदचाप पछ्याउनुपर्ने बताउनुभयो ।

तत्कालिन मैदी गाउँपंचायतमा वि स १९८७ साल असोज १५ गते मुक्तिनाथ अधिकारीको जन्म भएको थियो । ७ वर्षको उमेरमा ब्रतबन्ध गरि ८ वर्षको उमेरमा नन्द कुमारी संग विवाह भयो । आफु २७ वर्षको हुँदा पत्नी नन्द कुमारीको निधन भएपछि एक कुमारी संग दोस्रो विवाह गर्न बाध्य हुनुभयो ।
उहाँको ५ छोरा ५ छोरी छन् ।
अधिकारकिो थातथलो सिरुवानीबाट मैदी बसाइँ सरेर आएका मुक्तिनाथको पुर्खा अधिले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा उच्च ओहदामा समेत पुगेका छन् ।
बाँचुञ्जेल सदैव जनताको हित, मानवधर्म, सामाजिक सेवा र शैक्षिक उन्नयनका लागि आफुलाई सर्मपित गर्नुभएका अधिकारी वि स २०७९ साल चैत्र २ गते ९२ वर्षको उमेरमा निधन भएको थियो ।
आफूले औपचारिक शिक्षा नपाएपनि गाउँमा विद्यालय नभएकोले वि स. २०२१ सालमा शमिभञ्ज्याङमा प्रावि स्थापना भएपनि ५ कक्षा भन्दा माथी पढ्का लागि छोराछोरीले गाउँनै छोड्नुपर्ने अवस्थाले उहाँले मनमा माथिल्लो तहको विद्यालय खोल्ने चाहना बमोजिम शमिभज्याङ नि मा वि, माध्यामिक, उच्च् माविसम्म स्थापना, गर्नुभएकोले गाउँमा शिक्षासेवी भनेर मुक्तिनाथ अधिकारीलाई चिनिन्छ ।
अधिकारीको पहलमा ठुलोचौर प्रावि मैदी, अमरावती प्रावि मैदी र देउराली प्रावि ससाह लगाएतको विद्यालय स्थापना भएको पाइन्छ । वडा अध्यक्ष भएर कृषिमा क्रन्ति नै गर्नुभएको छ ।
गुठी विर्ता गुठीमा जनताको पक्षमा फैसला गराउन आफैँ अड्डा अदालत पुग्ने र कानुन पढेर जाने मुक्तिनाथ आफू नपढेरपनि मैदीबासीका लागि विश्वविद्यालय जस्तो उचो नाम बनाउन सफल हुनुहुन्छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |