

धादिङ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी मुद्धामा धादिङका एक जनालाई पक्राउ गरेको छ।
काठमाडौँ स्थित कलंकी बस्ने नीलकण्ठ नगरपालिका ७ का ४७ वर्षिय भिमसेनकुमार श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक÷सूचना अधिकृत रविन्द्र रेग्मीले जानकारी दिनुभयो।
कविता उप्रेतीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी भिमसेन कुमार श्रेष्ठ भएको ठगी एक करोड दश लाख सम्बन्धी कसुर मुद्धाको अनुसन्धानको सिलसिलामा वारदातमा संलग्न रही फरार रहेका प्रतिवादी श्रेष्ठलाई १४ गते शुक्रबार ललितपुर, नख्खिपोटबाट पक्राउ गरिएको रेग्मीले जानकारी दिनुभयो ।
उनलाई कानुन बमोजिम अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर,काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |