धादिङ । तुम्सिङ तारा मगरको स्टोरी टेलिङ ‘धादिङ टु काठमाडौँ’ को भिडियो सार्वजनिक भएको छ ।शनिबार काठमाण्डौमा एक कार्यक्रमका बिच भिडियो सार्वजनिक गरिएको हो ।
ताराकै कथा लेखन, भिडियो निर्देशन र अभिनय रहेको स्टोरी टेलिङ भिडियो Mr.Tumsing युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।
भिडियोमा तारासँगै सपना पुन मगरले अभिनय गर्नुभएको छ । मुना सुयाल मगर सहायक निर्देशक रहेको भिडियोको छायाङ्कन तथा सम्पादन मनोज बस्नेतले गर्नुभएको हो ।
नेपालमै पहिलोपटक कथालाइ दृश्यमा उतारेको यस प्रकारको भिडियो मार्फत वर्तमान अवस्थामा युवाको समस्या भोगाइ र विदेश प्रतिको मोहलाइ प्रस्तुत गरिएको छ ।
देशमै बस्न चाहने युवाले भोग्नु परेको समस्या,वर्तमान व्यवस्थाले विदेशिन बाध्य बनाएको कुरा कथा मार्फत देखाईएको छ।
धादिङ सिद्धलेक गाउँपालिका वडा नं २ निवासी तुम्सिङ तारा मगर संञ्चारकर्मी हुनुहुन्छ ।
रत्न राज्यलक्ष्मी क्याम्पसबाट पत्रकारिता र नेपाली साहित्यमा स्नातक गर्नुभएका उहाँले बिगत १० वर्ष यता काठमाडौँमा रहेर पत्रकारिता गर्दै आउनुभएको छ ।
भिडियो……….
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |