

धादिङ । धादिङमा १३ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन् ।
आईतबार नीलकण्ठ नगरपालिका–१० बाट बलात्कार गरेको आरोपमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मकेन्द्रकुमार मिश्रले बागमती कलमलाई जानकारी दिनुभयो ।
आफूलाई ०८१ असार २१ गते बलात्कार गरेको भन्दै पीडितले असार २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको मिश्रले बताउनुभयो ।
२३ गते धादिङ अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गरिएको र आरोपित किशोरलाई हाडनाता जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरी नायब उपरिक्षक मिश्रले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |