

धादिङ। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा धादिङको अध्यक्षमा पुनः बेग बहादुर सुनार चयन हुनुभएको छ।
“सम्पूर्ण दलितहरु एक हौं, जातीय विभेद रहित समतामूलक समाजको निर्माण गरौं” भन्ने मुल नाराको साथ मंगलबार धादिङबेशीमा सम्पन्न भएको तेस्रो जिल्ला अधिवेशनले पुनः बेग बहादुर सुनारको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा राम बहादुर बस्याल, सचिवमा संगिता नेपाली, कोषाध्यक्षमा सुनिता नेपाली परियार चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा मानकुमारी नेपाली, सन्जिता वि.क, नानीराम बयलकोटी, सुशिला वि.क, माईली वि.क, लक्ष्मी परियार छिनाल र विमला श्रिमल चयन हुनुभएको छ ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बेग बहादुर सुनारले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले जातिय छुवाछुतको विरुद्धमा निरन्तर आवाज उठाउदै आएको बताउदै आगामी दिनमा संस्थालाई अझै क्रियाशिल बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
साथै समुदायमा अझै पनि जातिय विभेद कायमै रहेको हुनाले यस विरुद्धमा लड्नको निम्त सहयोग गर्न सम्पूर्णमा आग्रह समेत गर्नुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |