धादिङ । धादिङ जिल्ला अदालतले बालिका बलात्कार गरेको कसुरमा एक बालकलाई ६ महिना सुधार गृहमा राख्न फैसला गरेको छ ।
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १३ वर्षीय बालकलाई ६ महिना सुधार गृहमा राख्नेसँगै ८० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।
असोज ६ गते न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले ६ महिना सुधार गृहमा राख्ने र बालकको अभिभावकबाट जरिवाना भराउने तथा पीडितलाई पीडित राहत कोषबाट ५० हजार तत्काल क्षतिपूर्ति दिन फैसला गरेको अदालतका तहसिलदार ध्रुव सुवेदीले जानकारी दिनुभयो।
पीडित बालिकालाई बालकले ०८१ साउन १० गते बलात्कार गरेको भन्दै सोही दिन पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
उजुरीपछि बालकलाई साउन १० गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा न्यायिक हिरासतमा राखिएकोमा जिल्ला अदालतको साउन २९ गतेको आदेशले नियमित अदालत हाजिर हुने, नियमित विद्यालय जाने र एक महिनासम्म पीडित परिवार, पीडितलाई भेट्न नपाउने शर्तमा अभिभावककको जिम्मा लगाएर पठाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १० गते धादिङ अस्पतालमा गरिएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |