नेपालमा विदेशी वस्तुको आयात बढ्दै गएको छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउन र भदौ महिनामा आयात बढ्दा निर्यात भने झन् झन् घट्दै गएको छ ।
गएको दुई महिना साउन र भदौमा मात्र दुई खर्ब २६ अर्ब ५४ करोड रुपैयाँको वस्तु विदेशबाट आयात भएको छ । तर निर्यात भने गएको वर्षको दुई महिनामा भन्दा पाँच दशमलव १२ प्रतिशतले घटेर २५ अर्ब नौ करोड रुपैयाँमै सीमित भएको छ ।
दुई महिनामा दुई खर्ब ३७ अर्ब रुपैयाँ व्यापार घाटा रहेको छ ।
दुई महिनामा सबैभन्दा धेरै ४३ अर्ब २५ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।
यस्तै १० अर्बको घिउ तेल, ६ अर्ब २४ करोडको तरकारी र फलफूल, पाँच अर्ब चार करोड रुपैयाँको खाद्यान्नलगायत आयात भएको छ ।यसैगरी निर्याततर्फ सबैभन्दा धेरै दुई अर्ब १६ करोड रुपैयाँको चिया र कफी निर्यात भएको छ ।
यस्तै दुई अर्ब ११ करोडको फाइबर, दुई अर्ब १३ करोडको कार्पेट, एक अर्ब ९५ करोडको फलाम र फलामजन्य वस्तु, एक अर्ब ७५ करोडको हस्तकलाका सामान, एक अर्ब २९ करोडको तरकारी र फलफूल तथा एक अर्ब २७ करोड रुपैयाँको खाद्यान्न निर्यात भएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |