धादिङ।धादिङमा बजार अनुगमनलाई तिव्र पारिएको छ।
जिल्ला सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको सक्रियता बढेसँगै राजमार्गमा सञ्चालित होटल र सवारी साधनमा हुने अनियमितता तार्गेटमा परेको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे नेतृत्वको जिल्ला अनुगमन समितिले गजुरी गाउँपलिकामा रहेको बिग जोन होटल एण्ड लज किचेनलाई २० हजार र गल्छी गाउँपालिकामा रहेको कान्तिपुर थकाली किचेन एण्ड लजलाई २० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला अनुगमन समितिका सदस्य सचिव चुडामणि पुरीले जानकारी दिनुभयो।
कारबाहीमा परेको होटलहरुले सरसफाईमा ध्यान नदिएको, फोहर खानेकुरा बिक्रि गरेको, खानेकुरा छोपेर नराखेको, खानामा झिँगा भन्किएको भेटिएपछी उपभोक्ता संरक्षण ऐन २०७५ को उपदफा ३९ को १ को क अनुसार जरिवाना तिराइएको बताउनुभयो।
होटल फोहोर भएको, खानेकुरामा फोहोर पर्ने गरि राखेको, होटलसँग भएको कोल्ड स्टोर दर्ता नगरी संचालन गरेको र खानेकुराको मूल्या बढी लिएको गुनासोको आधारमा होटलहरुको अनुगमन गरिएको थियो ।
चाडपर्वको समयमा बजारमा पाइने सामानहरुको अत्याधिक मूल्य लिने, उपभोक्ता ठगिने कारणले नागरिकहरु समस्यामा पर्ने भएपछि नागरिकहरुको आग्रह र उजुरीको आधारमा निरन्तर अनुगमन भइरहेको जानकारी दिनुभयो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |