धादिङ । धादिङको नेत्रावती डबजोङ–१ साप्टारी र गंगाजमुना–४ साल्दुङ जोड्ने किन्ताङफेदीस्थित आँखुखोलाको झोलुङ्गे पुल निर्माण कार्य अलपत्र परेको छ।
ठेकेदार कम्पनी र प्रादेशिक सडक डिभिजन कार्यालयको लापरबाहीका कारण पुल निर्माणको काम अलपत्रमा परेको हो ।
पुल निर्माणको ठेक्का पाएको रुजन के निर्माण सेवा प्रा.लि. र भौतिक पूर्वाधार निर्देशनालय, प्रादेशिक सडक डिभिजन कार्यालय धादिङको लापरबाहीका कारण निर्माण कार्य अलपत्रमा परेको हो ।
दुर्गम क्षेत्रका दुई वटा गाउँपालिका जोड्ने पुलको काम चार वर्ष अघि नै सकिसक्नुपर्ने भएपनि ठेकेदार कम्पनी र प्रादेशिक सडक डिभिजन कार्यालयको लापरबाहीका कारण स्थानीयले सास्ती त भोग्नु परेको छ नै पुल निर्माणमा काम गर्ने मजदुरले समेत ज्याला पाएका छैनन् ।
ठेकेदार कम्पनी रुजन के निर्माण सेवा कम्पनीले पुलको सम्पूर्ण सिभिल निर्माण अर्थात पुलको दायाँबायाँको जीप निर्माणको लागि स्थानीय आइतराम गुरुङलाई जिम्मा लगाएको थियो ।
दुई महिनामा सक्नेगरी कामको जिम्मेवारी लिएका गुरुङले तोकिएकै समयमा काम पनि पुरा गरेपनी काम गरेवापत पाउनुपर्ने रकम नपाउँदा मजदुरलाई ज्याला दिन नपाएको गुरुङले बताउनुभयो।
‘ठेकेदार कम्पनीले छिट्टै काम सकिने र पैसा पनि छिट्टै आउँछ भनेर काम लगाएको तर अहिले काम गरेको पनि एक वर्ष हुँदापनि पैसा नदिएको उहाँको भनाई छ ।
ठेकेदारले पैसा नदिएपछि काम गरेर बिहान बेलुका छाक टार्ने मजदुरलाई समेत पैसा दिन नसकिएको पेटी ठेकेदारको रुपमा पुलको जीप निर्माणको काम गर्नुभएका गुरुङले बताउनुभयो ।
ठेक्काको नियम अनुसार समयमै काम नसके ठेकेदार कम्पनीलाई कि म्याद थप गरेर कामलाई निरन्तरता दिनुपर्छ, कि त्यो कम्पनीलाई कारबाही गरेर अर्कै कम्पनीलाई कामको जिम्मा दिनुपर्छ ।
तर, पुलको ठेक्का लगाएको प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले कामको मुल्यांकन गरेर न ठेकेदार कम्पनीलाई रकम निकासा गराउन सकेको छ न त कारबाही गरेर अर्को ठेक्का लगाउन सकेको छ ।
ठेकेदार कम्पनी र सम्बन्धित कार्यालयका कर्मचारीहरुबीच कमिशनको खेल नमिल्दा काम रोकिएको स्थानीयहरुले आरोप लगाएका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |