

धादिङ । लेखक, कुशल शिक्षक चथम साहित्यिक अभियानकी एक उज्ज्वल नक्षत्र अजिता दाहाल क्रान्तिको पहिलो कृति मनोवेग मुक्तक संग्रह लोकार्पण गरिएको छ ।
साधना साहित्य मञ्च धादिङ नेपाल र हातेमालो साहित्य संगम काठमाडौँ नेपालको आयोजनामा शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा मुक्तक संग्रह लोकार्पण गरिएको हो।
वरिष्ठ मुक्तककार ज्ञानुवाकर पौडेलले मुक्तक संग्रहको विमोचन गर्दै उदयमान श्रष्ठा अजितालाई हौसला र सुझाव सहितको प्रेरणा दिनुभएको छ ।
पुस्तक विमोचन कार्यक्रममा कबव समालोचक तथा लेखक प्रा.डा. देवि नेपाल, रेडियोकर्मी, तथा कलाकार रमेश पौडेल लगायतको आतिथ्य रहेको कार्यक्रममा मुक्तक मन पराउने साहित्य अनुरागीहरुको सहभागिता रहेको थियो ।
कृति मनोवेग मुक्तक संग्रहमा ८८ पृष्ठमा १ सय २८ मुक्तक र समिक्षा समेत समावेश गरिएको छ ।
मुक्तक मार्फत अजिता दहाल त्रान्तिले सबै क्षेत्रमा जागरिकता, पहिचानको अपेक्षा गरिएको छ ।
समयलाई समयकै कठालोमा समातेपछि लेखक समयको लेखक हुने हो,एउटा अठोट, संकल्प, प्रतिवद्धता र वचनवद्धतामा उभिएर लेखिएको मुक्तकले व्यहार, हाम्रो कर्णाली अनि हामीमाथी गरिने दयाको पात्रको विरुद्धमा समेत मुक्तक उकेलिएको छ।
अजिताले जिन्दगी बदल्न आबहान गर्दै लेखिएको मुक्तकको पाण्डुलिपि हेरेर डा.नवराज लम्सालले समिक्षा गर्नुभएको छ ।
अजिता दहाल क्रान्ति धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ६ बसेरी निवासी र सोही स्थानमा शिक्षण पेशामा सम्लग्न हुनुहुन्छ ।
सोही अवसरमा बिनु बुढाथोकीको बिनुको धड्कन मुक्तक संग्रहको पनि विमोचन गरिएको छ । कार्यक्रममा मुक्तक तथा कविता वाचन गरिएको थियो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |