

धादिङ । ९ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक वृद्धलाई एक वर्ष कैद सजायको फैसला सुनाएको छ।
मंसिर २३ गते जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाको इजलासले बालिकालाई दुर्व्यवहार गरेको कसुरमा धुनीबेसी नगरपालिका–७ का ७८ वर्षीय डम्बरबहादुर दहाललाई एक वर्ष कैदसँगै २० हजार जरिवाना र ५० हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गर्नुभएको जिल्ला अदालतका सूचना अधिकारी ध्रुब सुवेदीले जानकारी दिनुभयो ।
०८१ कात्तिक ४ गते जबरजस्ती करणी उद्योग गरेको आरोपमा कसुरदार विरुद्ध पीडित पक्षले कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
घटनाको प्रकृति र प्राप्त प्रमाणहरुको आधारमा जिल्ला अदालतले जबरजस्ती करणी उदोग नभइ यौन दुरव्यवहारमा परिणत गरी कसुरदारलाई सजाय गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय धादिङ मार्फत कात्तिक २८ गते जिल्ला अदालतमा दर्ता भएको मुद्दामा कात्तिक २९ गतेदेखि कसुरदार थुनामा थिए।
पीडितको धादिङ अस्पतालमा कात्तिक ५ गते स्वास्थ्य परिक्षण गरिएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |