

चितवन । चितवनको राप्ती नगरपालिका-४ डडुवाबाट अवैध लागूऔषध गाँजासहित धादिङका दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धादिङको थाक्रे गाउँपालिका-१० बस्ने ३० वर्षीय दिनेश डंगोल र ३१ वर्षीय सुनिल डंगोल रहेका छन् ।
मंगलबार इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले धादिङबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ४३३७ नम्बरको ट्रकलाई जाँच गर्दा ट्रकभित्र त्रिपाल मुनि २० वटा पोकामा लुकाई छिपाई राखिएको करिब २ सय ३० किलोग्राम गाँजा फेला पारी ट्रक चालक दिनेश र ट्रकमा सवार सुनिललाई पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |