

धादिङ । धादिङमा गुरुङ समुदायले आज धुमधामसँग तमु ल्होसार पर्व मनाएका छन्।
सदरमुकाम धादिङबेशी लगाएत गुरुङ बाहुल्य रहेका जिल्लाका बिभिन्न स्थानमा धुमधामसँग तमु ल्होसार पर्व मनाएका हुन्।
धादिङबेशीमा तमु ह्युला छोज धी गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति धादिङको आयोजना तथा नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङ,तमु ह्युला छोज धी गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति धादिङ र धादिङबेशी तमु समाजको सहआयोजनामा शुभकामना आदान पदान तथा बृहत सांस्कृतिक कार्यक्रम गरि मनाईएको छ ।
कार्यक्रममा सहभागी अतिथिहरुले गुरुङ समुदायको कला, संस्कृति र भेषभूषाको संरक्षणमा जुट्दै प्रचार प्रसार गर्नुपर्ने बताएका थिए ।
यो पर्वलाई नयाँ वर्षको आगमनका रुपमा मनाइन्छ ।
जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ ।
सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिएको थियो।यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
गुरुङ बाहुल्य रहेका जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत, काठमाडौं लगायतका जिल्लाहरुमा धुमधामसँग तमु ल्होसार मनाइन्छ ।
हेर्नुहोस् तस्विरहरु :






भिडियो हेर्न तलको लिकं क्लिक गर्नुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |