धादिङ ।सदरमुकाम धादिङबेसीमा रहेको एड्भान्स एकेडेमीको १८ औं बार्षिक खेलकुद उत्सव सुरु भएको छ ।
बिहिबार एक कार्यक्रममा बिच धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ, एड्भान्स एकेडेमीका अध्यक्ष अर्जुन श्रेष्ठ (गोर्खाली),प्रिन्सिपल भीमबहादुर श्रेष्ठ लगाएतले संयुक्त रुपमा बेलुन उडाएर एडभान्स खेल उत्सव २०८१ को शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि प्रजिअ घिमिरेले विद्यालयमा खेलकुद र नृत्यलाई प्राथमिकता राख्दै जिल्लाकै शानका रुपमा राख्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले साना नानीबाबुहरुलाई ठुलो मान्छे बन्ने हैन स्वाभिमानी असल नागरिक बन्छु भन्न सिकाउनु पर्ने बताउनुभयो । खेलले देशको पहिचान नै बिदेशमा फैलाउने बताउँदै उहाँले खेल क्षेत्रको विकासमा बिद्यालयहरुले पु¥याइरहेको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।
यस्तै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष तामाङले एड्भान्स एकेडेमीले जिल्लामा छुट्टै पहिचान बनाएको बताउनुभयो ।उहाँले विद्यालय तहमा खेलकुदको विकास हुन जरुरी रहेको भन्दै एड्भान्स एकेडेमीले तेक्वान्दोलाई आफ्नो छुट्टै पाठ्यपुस्तक बनाएर अध्यापन गराउने गरेकोमा धन्यवाद दिनुभयो ।
विद्यालय स्तरमा खेलकुदको विकास भए मात्रै खेलाडीहरु उत्पादन गर्न सकिने भन्दै अध्यक्ष तामाङले स्थानीय सरकार र विद्यालयहरु अझै खेलकुदले पढाई विग्रन्छ भन्ने मानसिकतामा रहेको बताउनुभएको छ ।
कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नं ८ का वडाध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय खेलाडी उत्पादन गर्ने एक स्रोत भएको भन्दै एड्भान्स एकेडेमीले खेलकुदलाई प्राथमिकतामा राखेकोमा बधाई दिनुभयो ।
एड्भान्स एकेडेमीका अध्यक्ष अर्जुन श्रेष्ठ (गोर्खाली) ले खेलकुदले विद्यार्थीको पढाई बिग्रन्छ भन्नेहरुलाई एड्भान्स एकेडेमीले राम्रो पाठ सिकाएको र खेलकुदमा छुट्टै परिचय बनाएको बताउनुभयो ।
खेलकुदका माध्यमबाट एड्भान्सले शिक्षण विधिमा समेत परिवर्तन ल्याएको उहाँको भनाई थियो । अध्यक्ष गोर्खालीले एडभान्स नृत्यमा समेत दुई–दुई पटक प्रदेश विजेता र केन्द्रिय प्रतियोगितामा एक पटक द्वितिय बन्न सफल भएको भन्दै शिक्षक तथा अभिभावकहरुलाई धन्यवाद दिनुभयो ।
अध्यक्ष गोर्खालीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रजिअ घिमिरेको प्रमुख आतिथ्यता, खेलकुद विकास समितिका अध्यक्ष तामाङ, नीलकण्ठ नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, वडा नं १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, रोटरी क्लव अफ धादिङका अध्यक्ष सुदिप रसाईली,नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी,धादिङ बोर्डिङका प्रिन्सिपल ईश्वरी पाण्डे,पत्रकार नारायण सिलवाल लगाएतको आतिथ्यता रहेको थियो ।
बिद्यार्थीहरुको खेल प्रतिभा प्रोत्साहन गर्ने उद्येश्यले आयोजित खेल उत्सव माघ ३० गतेसम्म सञ्चालन हुने प्रिन्सिपल भीमबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार खेल उत्सवमा प्ले ग्रुप देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागी हुने र ३ सय ५० वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
खेलकुद उत्सवमा छात्र र छात्राको गरी १ सय ६४ खेल हुने छन् । जसमा विभिन्न विधाहरु एथ्लेटिक्स, भलिबल, तेक्वान्दो, लगाएतका खेलहरु खेलाइने प्रिन्सिपल श्रेष्ठले बताउनुभयो ।
उत्सवको पहिलो दिन विद्यार्थी बीच डोरी तान्ने खेल खेलाइएको थियो भने अभिभावकहरु बिच म्युजिकल चियर खेलाईएको थियो ।जसमा प्रथम द्धितिय र तृतिय हुनेलाई पुरस्कृत गरिएको थियो ।
बार्षिक खेल उत्सवको थप फोटोको लागि तलको लिंक क्लिक गर्नुहोस्
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |