

धादिङ । सिद्धलेक गाउँपालिका-५ मा भएको विशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविरमा चार सय जना नागरिकले सेवा लिएका छन्।
सिद्धलेक गाउँपालिकाको आयोजना,लायन्स क्लव अफ भृकुटी काठमाण्डौको समन्वय तथा मलेखु टिचिङ अस्पतालको प्राविधिक सहयोगमा वडा नम्बर ५ स्थित बाग्बच्छला माध्यमिक विद्यालयमा भएको स्वास्थ्य शिविरबाट चार सय जना नागरिकले सेवा लिएको गाउँपालिकाले जनाएको छ।
शिविरमा सुगर, प्रेसर, थाईराईड, कोलेस्ट्रोल, मुटु रोग, पेटको रोग, स्त्री रोग, भि.आई.ए. जाँच, आङ खस्ने रोग, जनरल स्वास्थ्य परिक्षण, भिडियो एक्सरे, ई.सि.जि सहितको निशुल्क स्वास्थ्य परिक्षण गरिएको गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले जानकारी दिनुभयो ।
परिक्षण गराएका विरामीहरुलाई निशुल्क औषधी वितरण अध्यक्ष खतिवडाले बताउनुभयो।
नागरिकहरुलाई घर आँगनमै स्वास्थ्य सेवा प्रवाह गर्ने उद्धेश्यले शिविर सन्चालन गरीएको वडा नम्बर ५ का वडा अध्यक्ष बुधे घलेले बताउनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |