

दार्खा। धादिङको खनियाबास गाउँपालिकामा सञ्चालित उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण (रिलिफ) परियोजनाको बार्षिक गतिविधिहरूको सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा खनियाबासमा सञ्चालन गरेको परियोजनाको मंगलबार गाउँपालिकाको सभाहलमा सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखा परिक्षण गरिएको हो।
कार्यक्रममा रिलिफ परियोजनाले समुदाय स्तरमा सञ्चालन गरेका एक वर्ष भरिका कार्य प्रगती तथा आर्थिक दायित्वका बारेमा फिल्ड संयोजक पवन प्याकुरेलले जानकारी दिनु भएको थियो।
पालिका स्तरीय सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखा परिक्षण कार्यक्रममा लैगिक च्याम्पियन,अगुवा कृषक,व्यवसायिक पशुपालक ,अन्य विकास साझेदारका प्रतिनिधीहरु,समूहका अध्यक्ष,सचिव कोषाध्यक्ष ,परियोजनामा संलग्न कर्मचारीहरु लगायत ५१ जाको सहभागी थिए।
कार्यक्रममा परियोजनाले कृषि,पशु स्वास्थ्य, प्राविधिक सहयोग, समुहगत अन्तरक्रिया, जलवायु अनकुलन, कृषक पाठशाला लगायतका बारेमा ३२ वटा समुह मार्फत उत्दादन र उत्पादकत्व बृद्धि ,बजारीकरण तथा लैगिक तथा सामाजिक समावेशीकरणको बिषयमा केन्द्रित भई परियोजनाम संचालनमा रहेको फिल्ड संयोजक प्याकुरेलले बताउनुभयो।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङले कृषि क्षेत्रको विकासमा परियोजनाले धेरै सहयोग गरेको बताउनुभयो। उपाध्यक्ष तामाङले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै गाउँपालिका सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनुभयो । तामाङले नयाँ र जलवायु उत्थानशील कृषि प्रविधिलाई अवलम्वन गरेर आयआर्जन बढाउन र जलवावायु परिवर्तनको असरलाई कम गर्ने कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो।
प्रयास नेपाल धादिङका अध्यक्ष वीर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तामाङ, प्रमुख प्रशासकिय अधिकृत छोइसाङ तामाङ, वडा नम्बर १ का अध्यक्ष सोनाम बहादुर तामाङ, वडा नम्बर ३ का कमानसिंह तामाङ, वडा नम्बर ४ का लिलामान तामाङ, वडा नम्बर ५ का रविन कुमार तामाङ, प्रशासन शाखा प्रमुख नवराज श्रेष्ठ, सामाजिक विकास शाखा प्रमुख दुर्गा शाही, पशु स्वास्थ्य शाखाका प्राविधिक अमृत तामाङ, कृषि शाखाका प्राविधिक जीवन तामाङ, महिला विकास तथा जेष्ठ नागरिक शाखा प्रमुख सन्ध्या भट्टराई,प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, आड्रा नेपालका फिल्ड अधिकृत दिलिपचन्द्र ढकाल,रिलिफ परियोजनाका फिल्ड संयोजक पवन प्याकुरेल लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजिकरण पत्रकार महासंघका निवर्तमान अध्यक्ष राजाराम शर्माले गर्नुभएको थियो।
त्यसैगरी सोही अवसरमा पालिका स्तरिय परियोजना सल्लाहकार समिति बैठक समेत सम्पन्न भएको छ।

सल्लाहकार समिति बैठकमा गएको वर्ष सञ्चालन भएका कार्यक्रमहरू समिक्षा तथा आगामी वर्षका लागि सञ्चालन हुने कार्यक्रमका बारेमा जानकारी, कृषि तथा पशुपालन, लैगिक तथा सामाजिक समावेशीकरण लगायत क्षेत्रमा संस्थाले गरेका कामका बारेमा जानकारी गराइएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल बताउनुभयो।
रिलिफ परियोजना गंगाजमुना गाउँपालिकामा पनि सञ्चालन भैरहेको प्रयास नेपाल धादिङले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |