

धादिङ। खनियाबास गाउँपालिका वडा नम्बर १ झार्लाङमा टोलस्तरीय योजना अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ।गाउँपालिकाको आयोजनामा शुक्रबार र शनिबार दुई दिने योजना अभिमुखीकरण कार्यशाला सञ्चालन गरिएको हो ।
कार्यशालामा वडा भित्रका विभिन्न टोलहरूमा भेला गरी योजना अभिमुखीकरण गराइएको झार्लाङबाट मनिस तामाङले जानकारी दिनुभयो ।
कार्यक्रमले वडा स्तरमा योजनाको आवश्यकता, प्राथमिकता तथा कार्यान्वयन प्रक्रिया बारे स्थानीयहरूलाई जानकारी गराउनुका साथै टोलस्तरीय योजनाहरूलाई प्रभावकारी बनाउन योगदान पुर्याउने विश्वास लिइएको छ।
वडा अध्यक्ष सोनाम तामाङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वडा सदस्यहरू, वडा सचिव सुजा गुरुङ तथा सम्पूर्ण वडा नं १ का कर्मचारीहरूको उपस्थिति रहेको थियो।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |