

धादिङ । धादिङमा दुध उत्पादक किसान र दुग्ध व्यवसायिहरुको लागि तालिम सुरु भएको छ ।
नीलकण्ठ नगरपालिकाको सहयोगमा धादिङ उद्योग वाणिज्य संघले नीलकण्ठ नगरपालिका क्षेत्रमा दुधजन्य पदार्थ उत्पादन गर्ने किसान र दुग्ध व्यवसायिलाई व्यवसाय विकास कार्यक्रम अन्तरगत ४ दिने तालिम सञ्चालन गरेको हो ।
स्थानीय कच्चा पदार्थमा आधारित व्यवसाय संचालन कार्यक्रम अन्तरगत दुग्ध उत्पादक किसान र दुग्ध व्यवसायीहरुका लागि सञ्चालित व्यवसाय विकास सम्बन्धी तालिममा २५ जना किसान तथा व्यवसायी सहभागी रहेको धादिङ उद्योग वाणज्य संघका कार्यकारी प्रमुख रमेश अधिकारीले जानकारी दिनुभयो ।
तालिमको सोमबार नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले उद्घाटन गर्दै दुधको उत्पादन बढाउने र किसानलाई व्यवसायीकरण गर्ने उद्येश्यले कार्यक्रम आयोजना गरिएकोले सफल व्यवसायिक किसना र उद्यमी बन्नका लागि आग्रह गर्नुभयो ।
नगरपालिकाले एक वडा एक भेटनरी प्राविधिक राखेर सेवा दिएकोले किसानका लागि नयाँ योजना र उत्पादनमा आधारित अनुदान जस्ता कार्यक्रम ल्याइने नीलकण्ठ नगरपालिका उपप्रमुख विश्वकर्माले बताउनुभयो ।
तालिम उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य रामप्रसाद रिजाल, नीलकण्ठ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुवेदी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी लगायतले शुभकामना व्यक्त गर्दै किसानहरुलाई व्यवसायीक बनेर आम्दानी गर्नका लागि तालिमले सीप र क्षमता बढाउने बताउनुभयो ।
तालिममा दुध व्यवसाय र यसको प्रवद्र्धन, व्यवसाय दर्ता नविकरण, निति नियम पर्म व्यवस्थापन, कर निति र अहिले करको अवस्था, पशु स्वास्थ्, रेखदेख र स्याहार, आदीका विषयमा चारदिनसम्म किसानहरुलाई जानकारी गराइने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |