

काठमाण्डौ । युनिटी कप टी–२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत गएराति भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल पराजित भएको छ । वेस्टइन्डिजले नेपाललाई १० विकेटले जितेको छ ।
एक सय २३ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज १२ ओभर २ बलमा विकेट नगुमाइ विजयी भएको हो ।
वेस्टइन्डिजका लागि ओपनरद्वय अमिर जंगोले ७४ रन र अकिम अगस्टेले ४१ रन बनाए । यूएईको शारजहाँ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय २२ रन बनाएको थियो ।
नेपालका लागि कुशल भूर्तेलले ३९, कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४, कुशल मल्लले १२ र गुलशन झाले १० रन बनाए । वेस्ट इन्डिजका रामोन सिमन्ड्सले सर्वाधिक चार विकेट लिए ।
नेपालले वेस्टइन्डिजलाई सोमवार भएको दोस्रो खेलमा ९० रनले र शनिवार भएको पहिलो खेलमा १९ रनले पराजित गरेको थियो।
यससँगै नेपाल र वेस्टइन्डिजविरुद्धको युनिटी कप टी–२० अन्तर्राष्ट्रिय शृंखला २–१ मा सकिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |