

धादिङ । सिद्धलेक गाउँपालिका–१ खनायोखर्कस्थित छेजुङ गुम्बामा १६ जना बौद्ध धर्मावलम्बी मौन व्रत बसेका छन् ।
छेजुङ गुम्बा व्यवस्थापन समितिको आयोजनामा असोज १३ गतेदेखि सुरु भएको त्रिदिवसीय महायान उपवास ञ्युङ्ने व्रत १६ गते सम्पन्न भएको हो।
हिन्दुधर्मावलम्बीहरुले वडा दशैँको उत्सव मनाइरहेको र देवि तथा शक्ति पिठहरुमा बलि दिइरहेको समयमा बलि दिइएका तथा मारिएका निरिह प्राणी तथा पशुहरुको आत्माको चिर शान्तिको कामना गर्दै दशैँको फुलपातीको दिनबाट सुरु भएको ञ्यूुङने (मौन ब्रत) बिजया दशमीको दिन सम्पन्न भएको हो ।
ब्रतमा सहभागीहरुले बौद्धधर्मको किताब पढ्ने, कुनैपनि मानिससंग नबोल्ने, पानी र खानेकुरा केही पनि नखाँले र गुम्बामा पुजा अर्चना गरेर कठोर ब्रत बस्ने गरिएको छेजुङ गुम्बा व्यवस्थापन समिति अध्यक्ष जोन लामाले बताउनुभयो ।
नेपाल अहिंसावादी बौद्ध धर्म विश्वशान्ति तथा चक्रसंघमा आवद्ध बौद्धमार्गीहरुको कठोर ब्रतपछि बलि दिइएका र मारिएका निरिह प्राणीहरुले मुक्ति पाउने विश्वास गरिएको छ ।
ञ्युङ्ने व्रतमा प्रमुख लामा गुम डाडुल सिङगे बल लामा सहित अन्य १६ जना (छेजुङ गुम्बा व्यवस्थापन समिति अध्यक्ष जोन लामा, गणेशबहादुर घले, निम वाङग्याल लामा, उर्मिला घले, मनमाया घले, शान्ति घले, कमल घले, तुल्की तामाङ, पुर्णिमा तामाङ, सोनि घले, अमृत घले, राममाया घले, सुलोचन तामाङ, कन्चन तामाङ, पासाङ घले र राजबहादुर घले) सहभागी हुनुभएको छेजुङ गुम्बाका प्रमुख लामा दामछिक डोल्मा तामाङले जानकारी दिनुभयो ।
त्रिदिवसीय महायान उपवास ञ्युङ्ने व्रत समापन समारोह
त्रिदिवसीय महायान उपवास ञ्युङ्ने व्रत समापन समारोहका तस्विरहरु






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |