

चितवनको भरतपुरस्थित टिकौली जङ्गलमा रोकिराखेको ट्रकमा दुईवटा बस ठोक्किँदा ३३ जना घाइते भएका छन् ।
गएराति इँट्टा भरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाण्डौको लागि छुटेको बस र त्यही बसमा जनकपुरबाट काठमाण्डौको लागि छुटेको अर्को बस ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं.१७ गण आँपटारी चितवनबाट खटिएको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो ।
घाइतेहरुमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा पाँच जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । तस्बिर : सशस्त्र प्रहरी बल





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |