

भीमफेदी गाउँपालिका-६ जुरीखेतमा हिजो बेलुकी भएको सुमो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
काठमाण्डौबाट हेटौँडाको लागि छुटेको ना१ज १७७८ नम्बरको सुमो गाडी हेटौँडा–काठमाण्डौ जोड्ने भीमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्डमा दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडा बस्ने ४० वर्षीय सविता लम्साल, हेटौंडा उपमहानगरपालिका-२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारतको बिहार पटनाका ४२ वर्षीय रजनिस कुमार र भारत बिहारको बेगुसराई बस्ने करिब ५० वर्षीय अरबिन्द कुमार रहेका छन् ।
अन्य मृतक करिब ३५ वर्ष र ४० वर्षका पुरूषको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो ।
घाइते ३ जनाको भने हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार गाडी सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |