

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैसीगौंडा स्थित पृथ्वी राजमार्गमा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने २५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.२ ख १४२१ नम्बरको यात्रुबाहक बस आज बिहान करिब १ः३० बजे अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको हो।
बसमा चालकसहित ४४ जना सवार रहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो।
जस्मा २९ पुरुष र १५ महिला रहेका थिए।
दुर्घटनामा हालसम्म १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतक ९ जनाको सनाखत भएको छ भने १० जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
२५ जना विभिन्न अस्पतालमा उपचाररत छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइतेहरुलाई काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर र नेशनल मेडिकल कलेज कलंकीमा थप उपचारका लागि पठाइएको छ भने अन्यको मलेखु र धादिङस्थित अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी, नेपाली सेना भैरव गण गजुरी, सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोर टोली तथा स्थानीयको सहकार्यमा तत्काल उद्धार कार्य गरिएको थियो।
दुर्घटनाको कारणबारे प्रहरीले सूक्ष्म अनुसन्धान जारी रहेको जनाएको छ।
मृतकहरूको विवरण
१. Stewart Dominic Ethan, वर्ष २४ (British नागरिक)
२. विवेक बस्तोला, अं. वर्ष ४०, पोखरा महानगरपालिका–३०, कास्की
३. चन्द्रबहादुर कुँवर, वर्ष ६३, वालिङ–१४ स्याङ्जा (हाल नागार्जुन–६ काठमाडौं)
४. ओमकुमार मल्ल, अं. वर्ष ४०, व्यास गाउँपालिका–४, तनहुँ
५. इन्जिनियर ठकुरी, अं. वर्ष ३०, त्रिपुरासुन्दरी गाउँपालिका–४, धादिङ (साबिक सल्यानकोट–८)
६. विष्णुमाया ढकाल, अं. वर्ष ५५, शुक्लागण्डकी–७ मालेबगर, तनहुँ
७. लोप्साङ गोले, अं. वर्ष ४२, बौद्ध टुसाल, काठमाडौं–६
८. हरिप्रसाद सिग्देल, अं. वर्ष ४५/४६, भीमान नगरपालिका–६, तनहुँ
९. नबिन्द्र श्रेष्ठ, अं. वर्ष ५५, तानसेन नगरपालिका–२, पाल्पा
१०. नामथर नखुलेको पुरुष (अं. ३०/३२ वर्ष) — उपचारका क्रममा मृत्यु, ट्रमा सेन्टर काठमाडौं
११. नामथर नखुलेको पुरुष (अं. ४९/५० वर्ष)
१२. नामथर नखुलेको पुरुष (अं. ३०/३२ वर्ष) — दाहिने हातको नाडीमा “Roheeit” लेखिएको Tattoo
१३. नामथर नखुलेको पुरुष (अं. २९/३० वर्ष) — दाहिने हातमा चमेरो र गितार Tattoo
१४. नामथर नखुलेकी महिला (अं. २६/२७ वर्ष)
१५. नामथर नखुलेकी महिला (अं. २६/२७ वर्ष)
१६. नामथर नखुलेको पुरुष (अं. ५०/५१ वर्ष)
१७. नामथर नखुलेकी महिला (अं. ३४/३५ वर्ष)
१८. नामथर नखुलेकी महिला (अं. ३० वर्ष)
१९. नामथर नखुलेकी महिला (अं. ४५ वर्ष)
घाइतेहरूको विवरण
राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचाररत
१. एन्जी शेर्पा, अं. ४८, काठमाडौं–६ — टाउकोमा चोट (मध्यम)
२. विवेक मानन्धर, अं. ३०, अर्जुनधारा–६ झापा — टाउकोमा चोट (मध्यम)
३. पूजा फुयाल, अं. २८, गोकर्ण काठमाडौं — टाउकोमा चोट (मध्यम)
४. सोमप्रसाद मल्ल, अं. ४५, शुक्लागण्डकी–४ तनहुँ — टाउकोमा चोट (मध्यम)
५. सतिन्द्र सुनार, अं. २६, स्याङ्जा — टाउको र खुट्टामा चोट (मध्यम)
६. लिसी हाबु, अं. १२, China — टाउकोमा चोट (मध्यम)
७. प्रदिप लामिछाने, अं. २१, आदिखोला–२ स्याङ्जा — टाउको र छातिमा चोट (मध्यम)
८. नर्बु पाल्डेन, अं. ५०, बौद्ध काठमाडौं — टाउको र ढाडमा चोट (गम्भीर)
९. मानबहादुर थापा, अं. ४४, तनहुँ — अनुहारमा चोट (मध्यम)
१०. सलिना परियार, अं. १९, पोखरा–१९ कास्की (मध्यम)
११. सुकमाया श्रेष्ठ, अं. ३८, व्यास–५ तनहुँ — टाउको र ढाडमा चोट (मध्यम)
१२. सदिक्षा हमाल, अं. १९, शुक्लागण्डकी–१२ तनहुँ — टाउकोमा चोट (मध्यम)
१३. सोर्निमा खत्री, अं. २७, धर्मदेवी–५ संखुवासभा — ढाडमा चोट (मध्यम)
१४. कृतराज मानन्धर, ३५, इमाडोल ललितपुर — टाउकोमा चोट (मध्यम)
नेशनल मेडिकल कलेज कलंकी काठमाडौंमा उपचाररत
१. संगम मल्ल, अं. १९, त्रिपुरासुन्दरी–२ धादिङ — टाउको भित्री चोट (मध्यम)
२. प्रमिला भट्टराई बास्तोला, अं. ३०, पोखरा–३० कास्की — टाउको र अनुहार चोट (मध्यम)
३. सुबिन मल्ल, अं. १८, शुक्लागण्डकी–४ तनहुँ (मध्यम)
४. डम्बरबहादुर बिक, अं. ६४, फेदिखोला–४ स्याङ्जा — टाउको चोट (मध्यम)
५. प्रतिक पौडेल, अं. ३५, पोखरा–२७ कास्की — खुट्टा र बाँया हात चोट (मध्यम)
६. कृष्ण तिवारी, अं. २५, कावासोती–२ पूर्वी नवलपरासी — टाउको र ढाड चोट (गम्भीर)
७. संगम गुरुङ, अं. २४, पोखरा–३२ कास्की — नाक र आँखा चोट (मध्यम)
८. राजेन्द्र बिसुन्खे, अं. २४, धुनीबेशी–४ धादिङ — बाहिरी चोट नभएको (मध्यम)
९. चन्द्र फुयाल, अं. ३०, काठमाडौं–१० — टाउको र दुबै खुट्टा चोट (मध्यम)
१०. राजेश कवर, अं. ३३, सितापाइला काठमाडौं — टाउको र ढाड चोट (गम्भीर)
टिचिङ अस्पताल मलेखु
१. MARI EVAIDE, अं. २७, New Zealand — बाहिरी चोट नभएको (सामान्य)





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |