

सातदोबाटो । धादिङको गंगाजमुना गाउँपालिका वडा नं.४ मा ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कृषक समूह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
“सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्य सुनिश्चित गरौँ” भन्ने नारासहित मंगलबार उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजनाको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा वडा नं.३ का दुई समूह, वडा नं.५ को एक समूह र वडा नं.४ का तीन समूह गरी जम्मा ६ वटा कृषक समूहहरूको सक्रिय सहभागिता रहेको थियो।
प्रतियोगितामा कालिका देवी महिला कृषक समूह, जुनकेरी स्वावलम्बी कृषक समूह, कागजित महिला कृषक समूह, नमुना महिला कृषक समूह र लगनशील स्वावलम्बी कृषक समूह लगायतका समूहहरूले सहभागिता जनाएका थिए।
प्रतियोगितामा कालिका देवी महिला कृषक समूहले १९ अंक प्राप्त गरी प्रथम भएको थियो भने जुनकेरी स्वावलम्बी कृषक समूहले १८ अंक प्राप्त गरी द्वितिय, काकचेत महिला कृषक समूहले १५ अंक प्राप्त गरी तृतिय स्थान हासिल गर्न सफल भएको थियो।
कार्यक्रमको अन्त्यमा विजयी कृषक समूहहरूलाई पुरस्कार तथा प्रमाणपत्र गंगाजमुना गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष राजकुमार गुरुङले प्रदान गर्नुभएको प्रयास नेपाल धादिङका लैगिंक सहायक शर्मिला गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नं.४ का सम्पूर्ण कर्मचारीहरू, कृषि प्राविधिक, पशु प्राविधिक, वडा सचिव तथा कार्यालय सहायकहरूको पनि कार्यक्रममा उपस्थिति रहेको प्रयास नेपाल धादिङका लैगिंक सहायक गुरुङले जानकारी दिनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |