

धादिङ । तेस्रो बागमती प्रदेश खेलकुद महोत्सव-२०८३ अन्तर्गत हुने पुरुष क्रिकेट प्रतियोगिताका लागि धादिङ जिल्ला क्रिकेट टोलीको घोषणा गरिएको छ।
हेटौंडाको गौरीटार क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिता अन्तरगत धादिङले पहिलो खेल असार २ गते बिहान ९ बजे मकवानपुरसँग खेल्नेछ।
यसअघि पहिलो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको फाइनलमा मकवानपुरसँग पराजित भएको धादिङ यसपटक उत्कृष्ट प्रदर्शन गर्दै पुरानो हारको बदला लिने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा रहेको छ।
घोषित टोलीमा श्याम त्रिपाठी, अमृत थापा, कौशल रुपाखेती, अञ्जल सिलवाल, आरम्भ तिमल्सिना, रामहरि सापकोटा, सन्देश नेपाल, सरोज योञ्जन, सृजन पाण्डे, रौनक गुप्ता, प्रबिन खतिवडा, रुपेश भुजेल, अनिश रेग्मी र दिबश कडेल रहनुभएको छ।
टोलीको प्रशिक्षकको जिम्मेवारीमा उदय थापा र व्यवस्थापकमा नारायण सिलवाल रहनुभएको छ। यस्तै रिजर्भ खेलाडीमा दिपेश सेढाई, अंश गुप्ता, समिर तिमल्सिना, सौगत कडुवाल र आयुष रिजाललाई राखिएको छ।
प्रतियोगितामा सहभागी आठ जिल्लालाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘क’ मा धादिङ, मकवानपुर, चितवन र सिन्धुपाल्चोक रहेका छन् भने समूह ‘ख’ मा काठमाडौं, नुवाकोट, ललितपुर र भक्तपुर समावेश छन्।
खेल तालिकाअनुसार असार १ गते काठमाडौं र नुवाकोटबीच बिहान ९ बजे तथा ललितपुर र भक्तपुरबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ।
असार २ गते मकवानपुर र धादिङबीचको खेलपछि चितवन र सिन्धुपाल्चोकबीच दिउँसो १ बजे अर्को खेल हुनेछ।
असार ३ गते सेमिफाइनल चरणका खेलहरू सञ्चालन हुनेछन् भने प्रतियोगिताको उपाधि भिडन्त असार ४ गते हुनेछ।
“वन टिम, वन ड्रिम” को नारासहित प्रतियोगितामा सहभागी हुन लागेको धादिङ टोलीले यसपटक उपाधि जित्ने लक्ष्य राखेको जनाएको छ।
टोलीको घोषणासँगै जिल्लाका क्रिकेट समर्थक तथा खेलप्रेमीहरूमा समेत उत्साह थपिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |