Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र १७, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कृषि तथा उद्योग
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१५ घण्टा अघि
२

धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने

१५ घण्टा अघि
३

गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण

१६ घण्टा अघि
४

डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण

१७ घण्टा अघि
५

धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित

१ दिन अघि
६

बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´

१ दिन अघि
७

महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन

१ दिन अघि
८

कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प

२ दिन अघि
९

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

३ दिन अघि
१०

भोटेकोशी बाढी : अहिलेसम्म ५७९ शव भेटियो,अझै १ हजार ९२४ जना सम्पर्कविहीन

४ दिन अघि
११

बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सूचारु

४ दिन अघि
१२

गलौदीमा रहेको रुवी बेभरेज (पानी फ्याक्ट्री)मा बाढीको वितण्डा,२ करोड ७० लाखको क्षति

४ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

५ दिन अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

६ दिन अघि
३

मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

४ हफ्ता अघि
४

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

३ हफ्ता अघि
५

सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….

४ हफ्ता अघि
६

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

३ दिन अघि
७

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

३ हफ्ता अघि
८

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

६ दिन अघि
९

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

३ हफ्ता अघि
१०

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

१ हफ्ता अघि
११

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

२ हफ्ता अघि
१२

मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग

३ हफ्ता अघि

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

  • बागमती कलम
  • २२६ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ १४, आईतबार (२ महिना अघि)
सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका-५ सुकौराबेसीमा परम्परागत शैलीमा सामूहिक धान रोपाइँ गरिएको छ।

राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते पूर्णिमा परेकाले एक दिनअघि असार १४ गते लप्सेदोभानस्थित बाग्बच्छला देवीको गुठी खेतमा हलगोरुको प्रयोग गरी सामूहिक रोपाइँ गरिएको हो।

कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढ्दै जाँदा लोपोन्मुख बन्दै गएको परम्परागत खेती प्रणालीको संरक्षण गर्ने उद्देश्यले सिद्धलेक-५ का किसानहरू एकै स्थानमा भेला भई मौलिक शैलीमा धान रोपाइँमा सहभागी भएका थिए।

सिद्धलेक गाउँपालिका-५ को वडा कार्यालय र बाग्बच्छला मन्दिरको चौतर्फी विकास एवं पर्यटन प्रवर्द्धन समितिको संयुक्त पहलमा मन्दिरको १० रोपनी गुठी जग्गामा रोपाइँ कार्यक्रम आयोजना गरिएको हो।

रोपाइँ कार्यक्रममा स्थानीय किसानहरूले हलगोरु प्रयोग गरी खेत जोतेका थिए भने पञ्चेबाजाको तालमा हिलो खेल्दै र असारे भाका गाउँदै धान रोपेका थिए।

रोपाइँ कार्यक्रममा कुम्पुर, बच्छला, काम्राङ, चेपे, चेक्वाङ,कालिदह लगायत गाउँका किसानहरूको उल्लेख्य सहभागिता रहेको थियो।

आधुनिकतासँगै हराउँदै गएको रैथाने संस्कार र संस्कृतिको संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको बाग्बच्छला मन्दिरको चौतर्फी विकास एवं पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष बुद्ध गुरुङले बताउनुभयो।

“गाउँघरमा हलगोरुको प्रयोग गरेर रोपाइँ गर्ने परम्परा विस्तारै हराउँदै गएको छ,” उहाँले भन्नुभयो, “हामीले मन्दिरको बाँझो बस्न लागेको गुठी खेतलाई उपयोगमा ल्याउँदै परम्परागत कृषि संस्कृतिको जगेर्ना गर्ने प्रयास गरेका हौँ।”

स्थानीय शिक्षक तथा किसान दिलबहादुर श्रेष्ठले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने उद्देश्यले सामूहिक रोपाइँ आयोजना गरिएको बताउनुभयो।

“आजका बालबालिकालाई हलो, जुवा, ढिकी र जाँतोबारे समेत पर्याप्त जानकारी छैन,” उहाँले भन्नुभयो, “हाम्रा मौलिक संस्कार र जीवनशैलीलाई पुस्तान्तरण गर्न यस्ता कार्यक्रम आवश्यक छन्।”

कार्यक्रमका बारेमा बोल्दै सिद्धलेक गाउँपालिका-५ का वडाध्यक्ष बुधे घलेले कृषि र संस्कृतिलाई सँगसँगै अघि बढाउने उद्देश्यले वडा कार्यालयले सामूहिक रोपाइँ कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो।

“हाम्रो गाउँको पहिचान कृषि र मौलिक संस्कृति दुवैसँग जोडिएको छ,” वडाध्यक्ष घलेले भन्नुभयो, “हलगोरु प्रयोग गरेर गरिने खेती, सामूहिक श्रम र गाउँघरको सहकार्य अहिले लोप हुने अवस्थामा पुगेका छन्।

यस्ता कार्यक्रमले हाम्रो पहिचान जोगाउनुका साथै नयाँ पुस्तालाई आफ्नै संस्कृतिप्रति आकर्षित गर्न मद्दत पुग्ने विश्वास लिएका छौँ। आगामी दिनमा पनि यस्ता संरक्षणमुखी कार्यक्रमलाई निरन्तरता दिइनेछ।”

नेपाल सरकारले हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउँदै आएको सन्दर्भमा सिद्धलेक-५ मा आयोजित यस सामूहिक रोपाइँ कार्यक्रमले परम्परागत कृषि प्रणाली, सामुदायिक एकता तथा मौलिक संस्कृति संरक्षणको सन्देश दिएको सहभागी कृषकहरुले बताएका छन्।

यस्ता गतिविधिले कृषि उत्पादनसँगै सांस्कृतिक सम्पदाको संरक्षणमा समेत योगदान पुर्‍याउने र ग्रामीण पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • IMG-20260901-WA0016

    महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

  • received_1717083742912399

    धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने

  • IMG-20260901-WA0010

    गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण

  • IMG_20260901_180203

    डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण

  • समाचार
  • १

    महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…
    १५ घण्टा अघि

  • २

    धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने
    १५ घण्टा अघि

  • ३

    गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण
    १६ घण्टा अघि

  • ४

    डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण
    १७ घण्टा अघि

  • ५

    धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित
    १ दिन अघि

  • ६

    बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´
    १ दिन अघि

  • ७

    महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन
    १ दिन अघि

  • ८

    कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प
    २ दिन अघि

  • ९

    धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद
    ३ दिन अघि

  • १०

    भोटेकोशी बाढी : अहिलेसम्म ५७९ शव भेटियो,अझै १ हजार ९२४ जना सम्पर्कविहीन
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution