























धादिङ- धादिङको गजुरीबाट ७ किलो ४१० ग्राम लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले शनिबार बिहान गजुरी गाउँपालिका-१ गजुरी बजारमा सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९८५ नम्बरको ईभी माइक्रोबसमा सवार गजुरी गाउँपालिका-६ गेदेका २० वर्षीय प्रमोद अधिकारीलाई गाँजासहित पक्राउ गरेको हो।
अधिकारीले बोकेको झोला खानतलासी गर्दा झोलाभित्र पहेँलो प्लास्टिक टेपले बेरेर राखिएका सात वटा पोकामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका अधिकारीलाई धादिङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |