Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र १७, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कृषि तथा उद्योग
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१५ घण्टा अघि
२

धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने

१५ घण्टा अघि
३

गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण

१६ घण्टा अघि
४

डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण

१७ घण्टा अघि
५

धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित

१ दिन अघि
६

बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´

१ दिन अघि
७

महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन

१ दिन अघि
८

कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प

२ दिन अघि
९

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

३ दिन अघि
१०

भोटेकोशी बाढी : अहिलेसम्म ५७९ शव भेटियो,अझै १ हजार ९२४ जना सम्पर्कविहीन

४ दिन अघि
११

बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सूचारु

४ दिन अघि
१२

गलौदीमा रहेको रुवी बेभरेज (पानी फ्याक्ट्री)मा बाढीको वितण्डा,२ करोड ७० लाखको क्षति

४ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

५ दिन अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

६ दिन अघि
३

मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

४ हफ्ता अघि
४

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

३ हफ्ता अघि
५

सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….

४ हफ्ता अघि
६

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

३ दिन अघि
७

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

३ हफ्ता अघि
८

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

६ दिन अघि
९

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

३ हफ्ता अघि
१०

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

१ हफ्ता अघि
११

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

२ हफ्ता अघि
१२

मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग

३ हफ्ता अघि

त्रिपुरासुन्दरी-७ मा ६६ लाखको भैंसीपालन कार्यक्रम,२१ कृषक परिवार लाभान्वित

  • बागमती कलम
  • १७० पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ २६, शुक्रबार (१ महिना अघि)
त्रिपुरासुन्दरी-७ मा ६६ लाखको भैंसीपालन कार्यक्रम,२१ कृषक परिवार लाभान्वित

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ मा समुदायमा आधारित ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको भैंसीपालन प्रवर्द्धन कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइएको छ।

पशु सेवा कार्यालय धादिङले त्रिपुरेश्वर भैंसी प्रवर्द्धन कृषक समूहको साझेदारीमा सञ्चालन गरेको कार्यक्रममार्फत स्थानीय कृषकलाई व्यवसायिक भैंसीपालनतर्फ आकर्षित गर्ने प्रयास गरेको छ।

त्रिपुरासुन्दरी-७ का खहरे, लपाङ, अचनेटार र सिउरेनी क्षेत्रका २२ घरधुरीलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा हालसम्म २१ घरधुरीलाई भैंसी वितरण गरिएको छ।

तीमध्ये ४ घरधुरीलाई दुई-दुई वटा र १७ घरधुरीलाई एक-एक वटा भैंसी प्रदान गरिएको पशु सेवा कार्यालयले जनाएको छ।

कार्यक्रमअन्तर्गत भैंसी वितरणसँगै पशुपालनलाई थप व्यवस्थित र उत्पादनमुखी बनाउन विभिन्न कृषि तथा पशुपालन सामग्री पनि वितरण गरिएको छ।

कृषकलाई एक थान मिल, ११ वटा च्याप कटरलगायत आवश्यक सामग्री उपलब्ध गराइएको छ।

आर्थिक वर्ष २०८१/०८२ देखि सुरु भएको उक्त कार्यक्रम पाँच वर्षसम्म सञ्चालन हुने योजना अनुसार कार्यान्वयन भइरहेको छ।

कार्यक्रमको कुल लागत ६६ लाख ६६ हजार ६६६ रुपैयाँ रहेको छ।

जसमध्ये पशु सेवा कार्यालय धादिङको ४० लाख रुपैयाँ, त्रिपुरासुन्दरी गाउँपालिकाको १३ लाख ३३ हजार ३३३ रुपैयाँ तथा कृषकहरूको १३ लाख ३३ हजार ३३३ रुपैयाँ बराबरको साझेदारी लगानी रहेको छ।

कार्यक्रम अन्तर्गत भैंसी वितरण मात्र नभई आधुनिक गोठ निर्माण, उन्नत घाँसको बीउ तथा बिरुवा वितरण, पशु स्वास्थ्य सम्बन्धी औषधि उपलब्ध गराउने, कृषकलाई तालिम प्रदान गर्ने तथा भैंसीको बीमा गर्ने लगायतका क्रियाकलाप सञ्चालन भइरहेको छ।

यसले पशुपालन व्यवसायलाई सुरक्षित, व्यवस्थित र उत्पादनमुखी बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पशु सेवा कार्यालय धादिङका प्रमुख डा. बबलु ठाकुरले स्थानीय स्तरमा दूध उत्पादन वृद्धि, कृषकको आम्दानी अभिवृद्धि तथा व्यवसायिक पशुपालनको विकासका लागि कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।

उहाँले समुदायमा आधारित उत्पादन कार्यक्रमले कृषकलाई आत्मनिर्भर बनाउनुका साथै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

यस कार्यक्रमले वडाका कृषकहरूलाई व्यवसायिक पशुपालनतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको वडा नम्बर ७ का वडा अध्यक्ष सुबास अधिकारीले बताउनुभयो।

आगामी दिनमा पनि कृषकको आवश्यकता अनुसार सहयोग र समन्वयलाई निरन्तरता दिनेछौं,” अध्यक्ष अधिकारीले भन्नुभयो।

त्यसैगरी, त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देबराज धरेलले कृषि र पशुपालनलाई गाउँपालिकाको प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

उहाँले समुदायमा आधारित ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रमले स्थानीय उत्पादन वृद्धि, आयआर्जन र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा टेवा पुग्ने उल्लेख गर्नुभयो।

कृषकहरूले कार्यक्रमबाट भैंसीपालन व्यवसाय विस्तार गर्न सहज भएको बताएका छन्।

भैंसी, उपकरण, तालिम तथा बीमाजस्ता सुविधाले पशुपालनलाई व्यावसायिक बनाउन थप हौसला मिलेको कृषकहरूको भनाई छ।

ग्रामीण क्षेत्रमा आयआर्जन वृद्धि, रोजगारी सिर्जना तथा दुग्ध उत्पादन बढाउने उद्देश्यसहित सञ्चालन भइरहेको उक्त कार्यक्रमले आगामी वर्षहरूमा समेत सकारात्मक परिणाम दिने अपेक्षा गरिएको छ।

सञ्चालित कार्यक्रमको केही झलकहरु (तस्विरमा)

https://www.facebook.com/share/p/1CTjhnFfkj/

भिडियोको लागि तलको लिंक क्लिक गर्नुहोस्

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • IMG-20260901-WA0016

    महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

  • received_1717083742912399

    धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने

  • IMG-20260901-WA0010

    गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण

  • IMG_20260901_180203

    डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण

  • समाचार
  • १

    महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…
    १५ घण्टा अघि

  • २

    धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने
    १५ घण्टा अघि

  • ३

    गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण
    १६ घण्टा अघि

  • ४

    डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण
    १७ घण्टा अघि

  • ५

    धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित
    १ दिन अघि

  • ६

    बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´
    १ दिन अघि

  • ७

    महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन
    १ दिन अघि

  • ८

    कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प
    २ दिन अघि

  • ९

    धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद
    ३ दिन अघि

  • १०

    भोटेकोशी बाढी : अहिलेसम्म ५७९ शव भेटियो,अझै १ हजार ९२४ जना सम्पर्कविहीन
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution