Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ ३०, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कृषि तथा उद्योग
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

एशियन युथ चेसमा सहभागी हुन टोली चिन प्रस्थान

६ घण्टा अघि
२

नीलकण्ठमा रासायनिक मलको अभावः १६ हजार ८ सय बोरा युरिया माग, १ हजार ९४० बोरा मात्रै आपूर्ति

१६ घण्टा अघि
३

धादिङका निशान ढुङ्गाना लागूऔषध ट्रामाडोलसहित पक्राउ

१८ घण्टा अघि
४

पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द, धादिङका विभिन्न स्थानमा होल्डिङ सेन्टर व्यवस्था

१ दिन अघि
५

निजी जग्गा अतिक्रमण गरेको भन्दै रुवी भ्यालीमा जलविद्युत कम्पनीविरुद्ध स्थानीयको आक्रोश

१ दिन अघि
६

धादिङमा ३ लाख ३४ हजार किलो युरिया मल मौज्दात,किन वितरण भएन मल ?

१ दिन अघि
७

धादिङमा खोलाले बगाएर १३ वर्षीया बालिकाको मृत्यु

२ दिन अघि
८

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

२ दिन अघि
९

त्रिपुरासुन्दरी-७ मा ६६ लाखको भैंसीपालन कार्यक्रम,२१ कृषक परिवार लाभान्वित

४ दिन अघि
१०

मनसुन जोखिमः धादिङका २१ स्थान उच्च जोखिममा, १८ होल्डिङ सेन्टर तयारी अवस्थामा

४ दिन अघि
११

मल अभावबीच धादिङमा बिलबिनाको रासायनिक मल कारोबार:१७० बोरा बिक्रीमा रोक,थप ९० बोरा भण्डारण अवस्थामा फेला

४ दिन अघि
१२

मनसुनजन्य विपद् तयारीमा जुट्न धादिङका सबै निकायलाई निर्देशन

६ दिन अघि

धेरै पढिएका

१

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

१ महिना अघि
२

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

३ हफ्ता अघि
३

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

२ हफ्ता अघि
४

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

१ हफ्ता अघि
५

जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद

३ हफ्ता अघि
६

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

१ हफ्ता अघि
७

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

१ महिना अघि
८

धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

३ हफ्ता अघि
९

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

१ हफ्ता अघि
१०

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

१ हफ्ता अघि
११

धादिङ गोलाभञ्ज्याङबाट २ नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ

४ हफ्ता अघि
१२

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

२ हफ्ता अघि

नीलकण्ठमा रासायनिक मलको अभावः १६ हजार ८ सय बोरा युरिया माग, १ हजार ९४० बोरा मात्रै आपूर्ति

  • बागमती कलम
  • ९१ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ ३०, मंगलबार (१६ घण्टा अघि)
नीलकण्ठमा रासायनिक मलको अभावः १६ हजार ८ सय बोरा युरिया माग, १ हजार ९४० बोरा मात्रै आपूर्ति

धादिङ । धान रोपाइँको मुख्य सिजनमै धादिङको नीलकण्ठ नगरपालिकामा रासायनिक मलको अभाव देखिएको छ।

नगरपालिकाले खेतीको आवश्यकता विश्लेषण गरी समयमै मल माग गरे पनि हालसम्म मागको करिब ११.५ प्रतिशत मात्र युरिया मल प्राप्त भएपछि किसानहरू समस्यामा परेका छन्।

नगरपालिकाले २०८२ चैत ६ गते आगामी खेती सिजनलाई लक्षित गर्दै कृषि विकास कार्यालय, धादिङमार्फत आवश्यक रासायनिक मलको माग पठाएको थियो।

नगर उपप्रमुख दीपक विश्वकर्माको संयोजकत्वमा गठित समितिले वडा अध्यक्ष, कृषि प्राविधिक तथा सरोकारवालासँगको छलफलपछि नगरको आवश्यकता निर्धारण गरेको थियो।

समितिले नगरका लागि १६ हजार ८ सय बोरा युरिया, ५ हजार बोरा डीएपी र ९० मेट्रिक टन पोटास आवश्यक पर्ने निष्कर्षसहित माग गरेको थियो।

तर कृषि सामग्री कम्पनी लिमिटेडबाट हालसम्म १ हजार ९ सय ४० बोरा युरिया मात्र प्राप्त भएको नगरपालिकाको तथ्यांकले देखाएको छ।

सुरुमा १ हजार ३४० बोरा उपलब्ध गराइएको थियो भने चौतर्फी दबाबपछि असार २२ गते थप ६०० बोरा पठाइएको हो।

यसअनुसार नगरपालिकाले माग गरेको १६ हजार ८ सय बोरामध्ये करिब १४ हजार ८ सय ६० बोरा युरिया अझै अपुग छ। डीएपी र पोटासको आपूर्ति पनि मागअनुसार हुन नसकेको नगरपालिकाले जनाएको छ।

आधिकारिक तथ्यांकले उठायो प्रश्न
केही दिनअघि केही जनप्रतिनिधिले धादिङमा मलको सहज आपूर्ति भइरहेको दाबी गरे पनि नीलकण्ठ नगरपालिकाको आधिकारिक तथ्यांकले भने फरक अवस्था देखाएको छ।

नगरपालिकाका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडले आफ्नो कोटाअनुसार मात्र मल पठाएको छ, जुन वास्तविक आवश्यकताभन्दा निकै कम हो।

नगरपालिकाका कृषि शाखा प्रमुख समुन्द्र श्रेष्ठले मागअनुसार मल प्राप्त नभएको स्वीकार गर्दै थप मल ल्याउने प्रक्रिया जारी रहे पनि तत्काल आवश्यक परिमाण उपलब्ध हुने अवस्था नरहेको बताउनुभयो ।

उपप्रमुख दीपक विश्वकर्माले किसानलाई समयमै मल उपलब्ध गराउने उद्देश्यले वैज्ञानिक आधारमा आवश्यकताको मूल्यांकन गरी समयमै माग पठाइएको भए पनि माग र आपूर्तिबीच ठूलो अन्तर रहेको बताउनुभयो ।

उहाँको अनुसार खेतीको मुख्य समयमा किसानले पर्याप्त मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने जोखिम बढेको छ।

४ हजार ५७९.६ हेक्टर खेती प्रभावित हुने चिन्ता
नगरपालिकाका अनुसार नीलकण्ठभित्र ४ हजार ५७९.६ हेक्टर खेतीयोग्य जमिन रहेको छ। धान, मकै तथा अन्य बालीका लागि आवश्यक रासायनिक मल अभाव हुँदा उत्पादन घट्ने, लागत बढ्ने तथा खाद्य सुरक्षामा समेत असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्।

कृषि सामग्री कम्पनीको स्वीकारोक्ति
कृषि सामग्री कम्पनी लिमिटेड, गजुरीका कर्मचारी दधि शिवाकोटीले कम्पनीसँग पर्याप्त मल नभएको स्वीकार गरेका छन्। सामाजिक सञ्जालमा कम्पनीमा मल थुप्रिएको भन्ने प्रचार वास्तविकताभन्दा फरक रहेको उहाँको भनाइ छ।

उहाँको अनुसार मल ढिलो आइपुगेको र बीचमा दुई दिन सार्वजनिक बिदा परेकाले केही समय गोदाममा धेरै देखिए पनि वास्तविक रूपमा पर्याप्त मौज्दात नभएको हो।

गजुरीस्थित कार्यालयबाट धादिङका १३ वटै स्थानीय तहमा मल वितरण गर्नुपर्ने भएकाले सबै पालिकाको माग पूरा गर्न नसकिएको उहाँले बताउनुभयो ।

मल लैजाने केही सहकारीहरूले ढिलाइ गरेको पनि उहाँले बताउनुभयो । मल वितरणको विवरण अनलाइन प्रणालीमा इन्ट्री गर्नुपर्ने भएको कारणले पनि केहि ढिला भएको बताउनुभयो ।

शिवाकोटीका अनुसार स्थानीय तहहरूले माग गरेअनुसारको मल कम्पनीसँग उपलब्ध छैन र थप आपूर्तिका लागि केन्द्रमा माग गरिएको छ।

दोष कस्को ?
नगरपालिकाले समयमै आवश्यकता निर्धारण गरी माग पठाउँदा पनि पर्याप्त मल किन उपलब्ध भएन ? कोटा निर्धारणको आधार के थियो ? बाँकी मल कहिले उपलब्ध हुन्छ ?

यी प्रश्नको स्पष्ट र आधिकारिक जवाफ सम्बन्धित निकायबाट अझै आएको छैन। धान रोपाइँको संवेदनशील समयमा किसान मलको खोजीमा भौंतारिन बाध्य भइरहेका बेला सरकारी दाबी र स्थानीय तहको तथ्यांकबीच देखिएको अन्तरले रासायनिक मल व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • received_1035656079014607

    एशियन युथ चेसमा सहभागी हुन टोली चिन प्रस्थान

  • pakrau

    धादिङका निशान ढुङ्गाना लागूऔषध ट्रामाडोलसहित पक्राउ

  • prithivi-highway

    पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द, धादिङका विभिन्न स्थानमा होल्डिङ सेन्टर व्यवस्था

  • IMG_20260713_213343

    निजी जग्गा अतिक्रमण गरेको भन्दै रुवी भ्यालीमा जलविद्युत कम्पनीविरुद्ध स्थानीयको आक्रोश

  • समाचार
  • १

    एशियन युथ चेसमा सहभागी हुन टोली चिन प्रस्थान
    ६ घण्टा अघि

  • २

    नीलकण्ठमा रासायनिक मलको अभावः १६ हजार ८ सय बोरा युरिया माग, १ हजार ९४० बोरा मात्रै आपूर्ति
    १६ घण्टा अघि

  • ३

    धादिङका निशान ढुङ्गाना लागूऔषध ट्रामाडोलसहित पक्राउ
    १८ घण्टा अघि

  • ४

    पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द, धादिङका विभिन्न स्थानमा होल्डिङ सेन्टर व्यवस्था
    १ दिन अघि

  • ५

    निजी जग्गा अतिक्रमण गरेको भन्दै रुवी भ्यालीमा जलविद्युत कम्पनीविरुद्ध स्थानीयको आक्रोश
    १ दिन अघि

  • ६

    धादिङमा ३ लाख ३४ हजार किलो युरिया मल मौज्दात,किन वितरण भएन मल ?
    १ दिन अघि

  • ७

    धादिङमा खोलाले बगाएर १३ वर्षीया बालिकाको मृत्यु
    २ दिन अघि

  • ८

    डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ
    २ दिन अघि

  • ९

    त्रिपुरासुन्दरी-७ मा ६६ लाखको भैंसीपालन कार्यक्रम,२१ कृषक परिवार लाभान्वित
    ४ दिन अघि

  • १०

    मनसुन जोखिमः धादिङका २१ स्थान उच्च जोखिममा, १८ होल्डिङ सेन्टर तयारी अवस्थामा
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution