

धादिङ। धादिङमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।
जल तथा मौसम विज्ञान विभागले साउन २ र ३ गते देशका विभिन्न स्थानमा भारी तथा अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार सूचना जारी गर्दै सम्भावित बाढी, पहिरो तथा सडक अवरोधबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै साउन २ गते राति १०:०० बजेदेखि साउन ३ गते बिहान ५:०० बजेसम्म जिल्लाभित्र चल्ने तथा धादिङ भएर आवतजावत गर्ने सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चितवन, गोरखा, धादिङ, नुवाकोट लगायतका जिल्लामा रातिको समयमा सवारी आवागमन उच्च जोखिममा रहेको जानकारी गराएपछि उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारी साधनजस्ता अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ।
सम्भावित विपद् तथा आपतकालीन अवस्थाका लागि नेपाल प्रहरी हटलाइन नम्बर १००, सशस्त्र प्रहरी बल नेपाल १११४, जिल्ला आपतकालीन सञ्चालन केन्द्र १२३४ वा ०१०-५२१४६४, जिल्ला प्रहरी कार्यालय धादिङ ९८५१२२९८६० र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ ९८५१३२२५६४ मा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
प्रशासनले सर्वसाधारणलाई मौसमको अवस्था, सडकको जोखिम र सुरक्षा अवस्थालाई ध्यानमा राखी अनावश्यक यात्रा नगर्न समेत आग्रह गरेको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |