

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ पहरेचौतारास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।
साउन २ गते गोप्य सूचनाको आधारमा प्रहरीले डिलबहादुर तामाङको घरमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा गंगाजमुना गाउँपालिका-२ घर भई हाल नीलकण्ठ नगरपालिका-३ बस्ने ६१ वर्षीय डिलबहादुर तामाङ (घरधनी), ४१ वर्षीय सन्तोष तामाङ, ५० वर्षीय खार्पा तामाङ, ४३ वर्षीय मंगल तामाङ, ३९ वर्षीय कार लामा तामाङ र नीलकण्ठ नगरपालिका–१२ बस्ने ५३ वर्षीय नेच तामाङ रहेका छन्।
उनीहरू सबैको स्थायी ठेगाना गंगाजमुना गाउँपालिका–२ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घरमा खानतलासी गर्दा जुवा खेल्न प्रयोग गरिएको नगद रु १ लाख ६९ हजार ३५०, तीन गड्डी तास, सात थान मोबाइल र एक थान डसना बरामद गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूविरुद्ध जुवा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |