Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २४, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अपराध गतिविधि
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

२ घण्टा अघि
२

डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

३ घण्टा अघि
३

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

३ घण्टा अघि
४

कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

१ दिन अघि
५

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

१ दिन अघि
६

नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

२ दिन अघि
७

परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

२ दिन अघि
८

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

२ दिन अघि
९

धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

२ दिन अघि
१०

आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द

२ दिन अघि
११

भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन

२ दिन अघि
१२

बाढीको पीडामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने

२ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

२ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

२ हफ्ता अघि
६

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

१ महिना अघि
७

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
८

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

५ दिन अघि
९

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
१०

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
११

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

४ हफ्ता अघि
१२

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

३ हफ्ता अघि

धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे

  • Default Profile
  • बागमती कलम
  • १७२ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ श्रावण ६, बुधबार (१ महिना अघि)
धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे

धादिङ । धादिङमा साइबर अपराध तथा अनलाइन ठगीका घटना वर्षेनी बढ्दै गएको तथ्याङ्कले देखाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा अनलाइन ठगीका पीडितको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ।

आर्थिक वर्ष २०८०/८१ मा १० महिला र १० पुरुष गरी २० जनाले अनलाइन ठगीको उजुरी दिएका थिए।

आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर १८ महिला र १९ पुरुष गरी ३७ जना पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो।

चालु आर्थिक वर्ष २०८२/८३ मा भने अनलाइन ठगीका घटनामा उल्लेख्य वृद्धि देखिएको छ।

यस अवधिमा २७ महिला, ८६ पुरुष र २ बालक गरी कुल ११४ जना पीडित बनेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

तीन वर्षअघिको तुलनामा पीडितको संख्या पाँच गुणाभन्दा बढीले बढेको देखिन्छ।

‘साइबर अपराध र साइबर सुरक्षा’ विषयमा बोल्दै प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटनासमेत क्रमशः बढ्दै गएको बताउनुभयो।

उहाँले सामाजिक सञ्जाल र डिजिटल भुक्तानी प्रणाली प्रयोग गर्दा विशेष सावधानी अपनाउन नागरिकलाई आग्रह गर्नुभयो।

प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ह्वाट्सएपमार्फत ठगीका सबैभन्दा धेरै ४५ वटा उजुरी दर्ता भएका छन्।

त्यसपछि इसेवा तथा खल्तीमार्फत ४४ जना, टिकटकमार्फत १५ जना र फेसबुकमार्फत १० जना ठगिएको उजुरी परेको छ।

तथ्याङ्कले ह्वाट्सएप र डिजिटल वालेट सेवा इसेवा/खल्ती साइबर अपराधका प्रमुख माध्यमका रूपमा देखिएको जनाएको छ।

प्रहरीले अनलाइनमार्फत अपरिचित व्यक्तिसँग आर्थिक कारोबार नगर्न, सामाजिक सञ्जालमा व्यक्तिगत विवरण तथा बैंकिङ सूचना साझा नगर्न र शंकास्पद लिंक तथा सन्देशबाट सावधान रहन आग्रह गरेको छ।

साइबर अपराध प्रमाणित भएमा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

उक्त ऐनअनुसार कसूरदारलाई पाँच वर्षसम्म कैद, एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

सजायको मात्रा भने अपराधको प्रकृति, गम्भीरता, उपलब्ध प्रमाण तथा अदालतको फैसलाका आधारमा निर्धारण हुने कानुनी व्यवस्था रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%
प्रतिक्रिया दिनुहोस
अपराध गतिविधि सम्बन्धि थप
  • IMG-20260909-WA0038

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

  • IMG-20260909-WA0002

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

  • 1788960505309

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

  • IMG_20260908_194805

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

  • समाचार
  • १

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण
    २ घण्टा अघि

  • २

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग
    ३ घण्टा अघि

  • ३

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
    ३ घण्टा अघि

  • ४

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?
    १ दिन अघि

  • ५

    गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण
    १ दिन अघि

  • ६

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना
    २ दिन अघि

  • ७

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने
    २ दिन अघि

  • ८

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान
    २ दिन अघि

  • ९

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र
    २ दिन अघि

  • १०

    आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution