

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले आर्थिक वर्ष २०८२/८३ मा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणमा विभिन्न प्रकारका लागूऔषध बरामद गरेको छ।
लागूऔषध सम्बन्धी मुद्दामा ७० जनालाई पक्राउ गर्नुका साथै ओसारपसारमा प्रयोग भएका विभिन्न सवारीसाधन समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा ८४३ किलो ४३५ ग्राम १३० मिलिग्राम गाँजा, २ किलो ९८८ ग्राम ५२० मिलिग्राम चरेश, ५१ किलो ५०० ग्राम अफिम, १४ ग्राम ८९०.२८० मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर) तथा ट्रामाडोलका ७८ हजार ४०८ क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोही अवधिमा लागूऔषध सम्बन्धी विभिन्न मुद्दामा ७० जना पक्राउ परेका छन्। साथै लागूऔषध ओसारपसार तथा कारोबारमा प्रयोग भएका ४ वटा मोटरसाइकल, १ स्कुटर, १ एम्बुलेन्स, १ अटो, १ मिनी ट्रक र १ भारतीय नम्बरको ट्रक समेत बरामद गरिएको छ।
प्रहरीले आर्थिक वर्षभर लागूऔषध ओसारपसार, बिक्री–वितरण तथा सेवन नियन्त्रणका लागि विभिन्न स्थानमा निगरानी, चेकजाँच र विशेष अभियान सञ्चालन गरेको जनाएको छ।
सोही अभियानका क्रममा उल्लेखित परिमाणमा लागूऔषध बरामद हुनुका साथै संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो ।
लागूऔषधविरुद्धको अभियानलाई आगामी दिनमा पनि निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्दै अवैध कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याइने उहाँको भनाई छ। filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |