

धादिङ। धादिङको नीलकण्ठ नगरपालिका-१२ सांकोषस्थित नीलकण्ठ पार्क परिसरमा वृक्षारोपण गरिएको छ ।
हरित प्रवर्द्धन गरी वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीले १ सय २५ वटा बिरुवा वृक्षारोपण गरेको हो ।
क्लबका अध्यक्ष राजाराम रिजालका डिभिजन वन कार्यालय धादिङ र नीलकण्ठ पार्क समितिको सहकार्यमा अनुसार धुपी, कपुर, कल्की फूल, पलाँस, अमला, गुलमोहर लगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।
हरियाली विस्तार, जैविक विविधताको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा टेवा पुर्याउने उद्देश्यले वृक्षारोपण गरिएको उहाँले बताउनुभयो ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई (एमडी–३२५) नेपालको “Inspired by Nature, For Climate, For Our Future” अभियान अन्तर्गत आयोजित कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, वन कार्यालयका प्रतिनिधि, नीलकण्ठ पार्क समितिका सदस्य तथा स्थानीयको सहभागिता रहेको थियो ।
सहभागीहरूले वृक्षारोपण मात्र नभई रोपिएका विरुवाको संरक्षण गर्ने पनि बताएका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |