

नारायणगढ–मुग्लिन सडकमा आज बिहानदेखि गाडी चल्न थालेका छन् । हिजो एकैदिन लगातार तीन पटक सुख्खा पहिरो झरेर अवरुद्ध यो सडकमा सडक डिभिजन कार्यालय चितवनले रातमा गाडी चलाउन रोक लगाएको थियो ।
खहरेखोला मुग्लिन बजार नजिकैको पहिरो हटाएको र आज बिहान ५ बजेसम्म रोक लगाएकोमा त्यसपछि गाडी चल्न थालेका हुन् ।
लेन अनुशासनको पालना गरी गाडी चलाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।
त्यस्तै पहिरोको जोखिम कायमै छ । यात्रा गर्दा सावधानी अपनाउन र सडकको अवस्था बुझेर यात्रा गर्न यात्रुलाई प्रहरीको आग्रह छ ।
filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |