

काठमाण्डौ । नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ।
नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीमाथि गएको ९ गते भएको आक्रमण अनि अस्पतालमा तोडफोडको विषयलाई लिएर सङ्घले यसअघि हिजो पनि आकस्मिकबाहेकका सेवा बन्द गरेको थियो ।
सङ्घले दोषीलाई कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै असन्तुष्टि जनाएको छ ।
आन्दोलनका थप कार्यक्रम अनुसार आज बिहान १० बजे काठमाण्डौको माइतीघरमा विरोध प्रदर्शन गर्ने तयारी छ ।
त्यस्तै, काठमाण्डौ उपत्यकाबाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आफू कार्यरत स्वास्थ्य संस्थामा धर्ना दिई विरोध जनाउने सङ्घको हिजो बसेको बैठकले निर्णय गरेको छ ।
देशभर ओपीडी सेवा बन्द हुँदा हजारौँ बिरामीलाई थप सास्ती भएको छ । उपचार सेवा प्रभावित भएको छ ।
पर्साको वीरगन्जमा रहेको नारायणी अस्पतालमा उपचार गराइरहेका वीरगन्ज महानगरपालिका-२५ का ५४ वर्षीय राजकुमार पटेलको साउन ८ मा ज्यान गएको थियो ।
गम्भीर हृदयाघात भएर अस्पताल पुर्याएका पटेलको उपचारकै क्रममा ज्यान गएपछि परिवार र आफन्तले डाक्टर प्रमोद राममाथि आक्रमण तथा अस्पतालमा तोडफोड गरेको सङ्घले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |